काठमाण्डाै । हिजाे साउन २३ गते शनिबार एक भब्य समाराेहका बीच सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर), जमल, काठमाडौंमा राजेन्द्र सुवेदी स्मृति समाजकाे तत्वाबधानमा साहित्यकार, समालाेचक तथा प्राध्यापक राजेन्द्र सुबेदीकाे ८४ औँ जन्म जयन्तिकाे उपलक्षमा साहित्यमा प्राडा चुडामणि बन्धु रेग्मी र नेपालकी प्रख्यात कला अभिनेतृ शकुन्तला शमालाई सम्मानकासाथ पुरस्कृत गरियाे ।त्यस समाराेहकाे प्रमुख अतिथि प्राडा बासुदेव त्रिपाठी हुनुहुन्थ्याे भने कार्यक्रमकाे अध्यक्षता प्राडा जीबेन्द्र गिरीले गर्नु भएकाे थियाे ।

प्राध्यापक लगायत नेपालका बिभन्न क्षेत्रका बिद्वत ब्यक्तित्वहरूकाे ठूलाे उपस्थिति रहेकाे त्यस समाराेहमा नेपाली साहित्य, समालोचना, कला र संस्कृतिमा अतुलनीय योगदान पुर्याउनुभएका प्रा. राजेन्द्र सुवेदीको ८४औँ जन्मजयन्तीका अवसरमा उहाँप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दै उहाँको साहित्यिक तथा सांस्कृतिक योगदानको स्मरण गरिएकाे थियाे ।
समाराेहका सबै बक्ताहरूले आयोजक प्राध्यापक राजेन्द्रकी धर्मपत्नी इन्दिरा सुबेदी र पुत्र कमल सुबेदीको मुक्त कण्ठले प्रसंशा गरेका थिए र परिवारका सदस्यहरूनै सम्मिलित भएर स्मृति ताजा राख्न संस्था खाेलेरै निरन्तरता दिने कार्य बिरलै र दुर्लभ हुन्छन् भनेका थिए ।
त्यस अवसरमा दिबंगत राजेन्द्र सुवेदीद्वारा लिखित ‘छरिएका सामग्री’ नामक समालोचना सङ्ग्रहको लोकार्पण पनि गरिएकाे थियो।
नेपालपत्र संवाददाता