(नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेताको १००औं जन्म-शतबार्षिकीको सन्दर्भमा)
biraj_bhakta_shrestha-1024x682.jpg
*महादीप पाेखरेल
सुनसान सपनाको स्रष्टा — पुष्पलाल
एउटा शान्त अनुहार,
तर आँखाले बोल्थे— विद्रोहको भाषा।
कलम थियो हातमा,
हृदयमा — शोषणरहित समाजको सपना।

विज्ञानले खारिएको मार्क्सवाद,
जनताको मुक्ति,नयाँ जनबादको सपना
  उहाँको कर्म-नेपाल कम्युनिस्ट पार्टी,
यात्राको इमानदार पाइलो- क पुष्पलाल ।
तर...
जसले बाटो देखाए,उनी आफैं कयौंपटक एक्लिए,
बिचार उनको नेता अर्कै भयो
अनि गद्दारको संज्ञा पाए आफ्नै सहयात्रीबाट पनि।
तर कहिल्यै झुकेनन्,न बिचलित भए,
जनजनको मन भित्र झन-झन सच्चा भए।
जनताको पक्षमा उभिनु,उनको 'राजनीति',
जनबादी सत्ता बाहेक थिएन झुटनिति।

अन्ततः उनको शारीरिक अवशान भयो,
उपचारको अभावमा,एकान्तमा छट्पटी पर्‍यो,
तर विचार मरेन, सपना निभेन
उनी अझै बाँचिरहेका साँचो कम्युनिस्टका रूपमा,
अविस्मरणीय र अबिचलित  पुष्पलालकारूपमा।

 *गोदाबरी ११ ललितपुर ।