शुक्रबार, कार्तिक ७ गते २०८३

भकुण्डेबेसीमा काभ्रेपलाञ्चोक जिल्ला सहकारी संघको सेवाकेन्द्र

कार्तिक ३, २०७८ बुधबार
भकुण्डेबेसीमा काभ्रेपलाञ्चोक जिल्ला सहकारी संघको सेवाकेन्द्र

 

जिल्ला सहकारी संघ लि. काभ्रेपलाञ्चोकले भकुण्डे बेशी चोकमा सेवा केन्द्रको सुरुवात गरेको छ । 

कार्यक्रमका प्रमुख अतिथि काभ्रेपलाञ्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलको सेवा केन्द्रको विधिवत रुपमा उद्घाटन गरेका थिए । 

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि प्र जि अ पोखरेलले सहकारी आफैंमा आम नागरिकहरुको खरखाँचो टार्ने, दुःख सुखको सहाराको रुपमा रहेको हुँदा उत्पादनमूलक क्षेत्रमा स्थान दिँदै जीविकोपार्जनमा सहज गर्ने खालका योजना बनाई दुरदराजमा रहेका किसान तथा शेयर सदस्यहरुको जीवनस्तर उकास्न लाग्नुपर्ने धारणा राखे । त्यसका लागि आफ्नो सहयोग रहेने उनले प्रतिवद्धता व्यक्त गरे । 

संघका अध्यक्ष दिलिप शर्माले काभ्रेको तेमाल, महाभारत, रोशी गाउँपालिका तथा नमोबुद्ध नगरपालिकामा रहेका २ सय ६९ वटा सहकारी संस्थाहरुको लागि सेवा विस्तार गरी सहकारीलाई आवश्यक खातापाता, नीति, नियम, विधि, प्रविधि र क्षमता विकास लगायतका कार्यक्रममा सहयोग गर्ने संघको नीति अनुरुप सेवा केन्द्रको विस्तार गरिउको बताउँदै संघका सबैको साथ र सहयोगको लागि अनुरोध गरेका थिए । 

कार्यक्रममा बागमती प्रदेश दुग्ध विकास बोर्डका कार्यकारी उपाध्यक्ष टिकाबल्दभ सापकोटा, संघका सल्लाहकार तथा निवर्तमान अध्यक्ष विनोद पराजुली, कोअपरेटिभ मेनेजर्स क्लव काभ्रेका अध्यक्ष विवेकराज ठकुरी लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सञ्चालन संघका सचिव निरञ्जन विष्टले गरेका थिए भने स्वागत संघका सञ्चालक तथा सेवाकेन्द्र व्यवस्थापन उप समितिका संयोजक सुदर्शन अधिकारीले गरेका थिए । गर्नुभएको थियो । 

kavre jilla sangh namobuddha.jpg