तीन दिनदेखिको अविरल वर्षाका बाढी र पहिरोले इलाम जिल्लाभर ११ जनाको मृत्यु भएको छ। केहि वेपत्ता परेका छन् भने मेची राजमार्ग अवरुद्ध भएको छ । पहिरोमा ज्यान गुमाउनेहरु इलामको फाकफोकथुम गाउँपालिका, देउमाइ नगरपालिका, सूर्योदय नगरपालिका र माई नगरपालिकाका रहेका छन् ।

(याे इलाम मिक्लाजुङकाे पहिराे हाे जहाँ एकै घरका ६ जना सहीत ११ जना मारिए)
वर्षाका कारण देशका विभिन्न भाग बाढी पहिरोले देशभर हालसम्म ४८ जनाको ज्यान गएको गृह मन्त्रालयले जनाएको छ। डोटीमा ९ जनाको मृत्यु भएको गृह मन्त्रालयले जानकारी दिएको छ। कालिकोटमा १ जना, बैतडीमा ४ जना, डडेलधुरा १ जना, हुम्लामा ६ जना, प्युठानमा १ जना, धनकुटामा ६ जना, सुनसरीमा २ जना, पाँचथरमा ६ जना र उदयपुरमा १ जनाको मृत्यु भएको हो।
त्यस्तै बाढी पहिरोमा परेर ३१ जना बेपत्ता भएका छन् भने २३ जना घाइते भएका छन् । असोज ३१ गते आइतबारबाट सुदूरपश्चिम लगायत देशका अधिकांश पहाडी भुभागमामा मुसलधारे वर्षा भएको थियो। गृह मन्त्रालयले दिएको जानकारी अनुसार बाढी पहिरोमा परेर कालिकोट, बैतडी, डडेलधुरा, डोटी, हुम्ला, प्युठान, धनकुटा लगायत ११ जिल्लामा ४८ जनाको मृत्यु भएको हो।