शनिबार, आश्विन १७ गते २०८३

दशै सेरोफेरोका पीडादायी दृष्यहरु !

कार्तिक ३, २०७८ बुधबार
दशै सेरोफेरोका पीडादायी दृष्यहरु !

कोरोना महामारीको सन्त्रास अझै हटिसकेको छैन तर खोप र जनतामा पलाएको सचेतनाका समेत कारणले यसको फैलने र सताउने क्रममा कमी भने देखिएको छ । अब दशैं तिहार, नेपाल सम्वत र छठको बिदा सकिए पछि यसको स्थिति कस्तो देखिने हो अहिले नै यसै भन्न  सकिने अबस्था छैन । यद्यपि यसको प्रकोप घटोस् र हटोस् भन्ने कामना सर्बत्र गरिदैछ । यसै स्थितिका बीच दशैंको सेरोफेरोका बीचका केही कुरा यहाँ चर्चा गरिदैछ ।


सरकार र जनता बीच चलिरहेकाे एमसीसीकाे ठूलाे ऐंठन

Problems.jpg
लामो समयदेखि सन्देह र सन्त्रासको घेरामा रहेर चर्चामा आइरहेको एमसीसी(अमेरिकी माइलेनियम च्यालेञ्ज कर्पोरेशन)को ऐंठनले यस पालीको दशैको बेलामा पनि सताउन छाडेन । सत्ता र त्यसको सेरोफेरोमा रहेका राजनीतिक दल र तिनका आसेपासेहरुले अमेरिकी एउटा ब्यापारी संस्थासँग गरिएको एमसीसी सम्झौताले देशको अस्तित्वालई नै चुनौति दिने, नेपालको सार्बभौमिकता, अखण्डता र स्वाधीनतालाई कुल्चिने भय भयंकररुपमा बढिरहेको थियो । चाडबाडको बेलामा पनि यो अपूर्ब सन्त्रासले चिमोट्न र घोच्न छोडेको छैन । देशघाती तथा जनघाती यो सम्झौता जस्ता प्राबधान र शर्तहरु राखेर गरिएको छ र त्यसलाई संसदको दुइ तिहाईबाट अनुमोदन गराउन खोजिएको छ यदि त्यो दुष्कर्म सफल भयो भने नेपाल अमेरिकी धुरीमा २० बर्षे सन्धि गरेर भारत रुस खेमामा गए जस्तो मात्रै होइन, अफगानिस्ताको भन्दा नेपाल नाजुक स्थितिमा पुग्ने जानकारी सम्झौता अध्येतारु औंल्याइरहेका छन् । यस प्रकारको देशद्रोही एबं जनद्रोही सम्झौता गर्न हाम्रा जनप्रतिनिधि भ!िननेहरु अमेरिकाको प्रतिनिधि हुने कि नेपाली अनुहारको अमेरिकी प्रतिनिधि कुरा एकदमै छर्लग हुने देखिन्छ । कथित अनुदान भनेर ५५ अर्बको चास्नीमा नेपालसँग जुन सम्झौता अमेरिकाले गरेको र त्यसको अनुमोदन संसदबाद गराएर नेपालको भाग्य र भबिष्य खतरामा पारिदैछ त्यसले नेपाल र नेपाली जनतालाई ऐंठन दिइरहेको छ । खबरदार ! 


सुकुम्बासीका बर्षौंंका समस्या र निहत्त्थाकाे हत्या

butwangolikanda.png
दशैं नजिकिदै थियो । तर रुपन्देहीको मोतीपुरमा निर्दोष चार जना मानिस गोली खाएर मरे । सुकुम्बासीको नाममा हुने गरेका झडप र निहत्था मािनसको हत्या पञ्चायत कालदेखिकै रोग हो । त्यस बेलाका झोरा काण्डहरुमा मारिएका मानिसहरुको अहिले अत्तोपत्तो छैन । यसरी सुकुम्बासी समस्याको निराकरण पञ्चायत, बहुदल हुदै गणतन्त्रसम्म आइपुग्दा पनि हुन सकेको छैन । कहिले हुने हो ठेगान पनि छैन । एक वा अर्को बहानामा राज्यले मानिस मार्ने एउटा प्रथानै  बन्ने गरेको छ देशमा । यो प्रबृत्तिको निरन्तरता क्रूर, अमानबीय र अस्वीकार्य छ नै ।त्यो पनि ठूलो हर्ष उमंगको चाड भनेर ब्याख्या गर्ने गरिएको दशैको मूखैमा यस्ता घटनाहरु हुनु कम चिन्ताजनक कुरा होइन । अनि असत्यमाथि सत्यको बिजयको कुरा केलाई मान्ने केलाई नमान्ने मानिसको मन अशान्त उद्वेलित हुने गरेको छ यस्तो अबस्थामा ।


बारम्बार गाडी दुर्घटना जीवन असुरक्षित र सन्त्रासमय

Durghatna.jpg
नेपालमा गाडी दुर्घटना नभएको शायद कुनै महिना छैन । अनि चाडबाडको बेला आवत जावत बेसी हुने र दुर्घटना पनि बेसी नै हुने गरेको देखिन्छ । यद्यपि सुरक्षित यात्राका लागि सबैले सधैं ध्यान दिएको भन्ने कुरा दोहोर्याउन भने छाँडिदैन । यसपालीको दशैको बेलामा पनि त्यस्तै भयो । नेपालगंजबाट मुखु जान हिडेको बस दुर्घटना हुँदा ३२ जनाको ज्यान गयो असोज २६ गते एक दर्जन बढी घाइते भए । त्यसरी नै पोखरा घुम्न गएका यूवाहरुको एउटा समूह पनि त्यसै दिन दुर्घटनामा परेर ८ जनाको अकाल मृत्यु भयो । चाडबाडका मुखमा भएको यी दुर्घटनामा एकै दिन ४० जना कालकलबित भए । सडकको दुराबस्था, गाडीहरु ठीकठाक नरहनु, र चालकको लापरबाही नै यस्ता सडक दुर्घटनाका मूख्य कारण र कारक भए पनि जिम्मेवारी भने कसैले लिने गरेको छैन । अनि यात्रा जहिले पनि सन्त्रासमय र असुरक्षित हुने गरेको  छ। । यो क्रम यो बर्षको चाडबाडमा पनि दोहोरियो । कहिले सुधार होला र सुरक्षित र बिश्वसनीय यात्रा होला भन्ने कुरा हरेकको मनमा उठिरहेको हुन्छ । 

महिला हिंसा बिरुद्ध आन्दोलिन मुस्लिम र दलित महिलाहरु

khanrubinep.jpg

नेपालमा महिला हिंसा बिभित्स दृष्यहरु कुनै बर्ष पनि देखिन छोडेका छैनन् । तर तिनको यथार्थ कुरा कहिल्यै  पनि बाहिर प्रकाशमा आउँदैन । पञ्चायती कालमा चर्चित ‘नमित सुमिता’ हत्या काण्डदेखि यता पनि त्यस्ता धेरै घटनाहरु घटिरहेका छन् । परिबार, आफन्तदेखि लिएर यौन पिपासुहरुको शिकार भएर हत्या जस्तो जघन्य क्रूरताको शिकारको श्रृंखलामा पछिल्लो समय निकै चर्चित हत्या काण्डमा ‘निर्मला पन्त’ र ‘भागिरथी भट्ट’ हत्या र बलात्कारका घटना हुन् । तर त्यसरी चर्चित नभए पनि यतिबेला नेपालगञ्जका ‘निर्मला कुमीर्’ र ‘नन्कुन्नी धोबी’को हत्या बिरुद्ध न्यायको खोजीमा त्यहाँदेखि २० दिन पैदल हिडेर न्याय माग्न काठमाण्डौ आएका मुस्लिम र दलित महिलाहरुको टोलीको निकै चर्चा । उनीहरु नेपालगंजमै धर्ना बसेका थिए । न्यायको वास्ता नगरिए पछि त्यसरी पैदलै हिडेर काठमाण्डौ आउनु परेको थियो । यहाँ आए पछि पनि उनीहरु १२ दिनसम्म धर्ना र त्यसको नेतृत्व गर्ने मानबाधिकारकर्मी मुस्लिम महिला रुबी खान अनशन बस्नु परेको थियो । अहिले । त्यसपछि मात्र ससकारले कुरा सुनेको जस्तो गरेर समिति गठन गरेको छ र उनीहरुको आन्दोलन स्थगित भएको छ । न्यायको खोजी निरन्तर जारी नराखे समस्या बल्झिने सम्भावना कायमै छ । जे भए पनि संघर्षशील रुवी खान, सकिना तेली, अब्दा दर्जी सलिमुन निशा,खतुना निशा,शाहिदा खातुन,बानु दर्जी, गुर्गी कोरी,शिला धोबी,बिट्टा धोबी र बब्ली धोबी १९ बर्षदेखि ४७ बर्षसम्मका  महिलाहरुको अदम्य र संघर्षशील सहासलाई सलाम गर्नै पर्दछ। 

बेमौसमी बर्षा र उत्पन्न बाढी, पहिरो, डुबा र कटानबाट किसानको नोक्सानी

badhitandab.jpeg
बर्षेनी जसो आउने बाढी पहिरो, डुबान, कटानबाट किसान समुदाय लगायत आम नेपालीले धन जनको ठूलो क्षति बेहोर्नु परेकै छ । यद्यपि यो प्राकृतिक प्रकोपलाई बढाउन र तीब्रता दिन मानिसहरुको प्रकृतिको निर्मम दोहन र शोषण कम जिम्मेवार छैन भन्ने कुरा आज बिश्वब्यापीरुपमा नै स्वीकार गर्न थालिएको छ । त्यसैले बिकास मोडल नै फेरेर प्रकृति–मैत्री तुल्याउनु पर्दछ भन्ने कुराले अहिले बिश्वमा जोड पक्रिरहेको  छ । यस्तो चर्चा चलिरहेको बेला नेपालमा दशै नसकिदै ठूलो बेमौसमी बर्षाले किसानको जनधनको ठूलो क्षति भएको छ । धानखेत बगेको छ । बारी बगेको छ । घरै बगाएको, पुल पुलेसा बगाएको छ,, पहिरोमा परेर मानिसहरु बेपत्ता भएका छन् । ठूलो सम्पत्ति र अमूल्य मानब जीवनको अन्त्य हुन पुगेको छ । यस्तो बिचल्ली र चिहीलबिहीलको बेलामा चाडबाडको उमंग र उल्लास पनि खल्लो र खिन्न पार्ने किसिमले नै आएको  छ।