जिल्ला सहकारी संघ काभ्रेको आयोजनामा संस्थाका सदस्यसँग गरिने ब्यवहारसम्बन्धि आधारभुत तालिम दिइएको छ। जिल्ला सहकारी संघ काभ्रेको अध्यक्ष अमन पोटेले कार्यक्रमको उद्घाटन गर्दै सहकारीका कर्मचारीहरुमा व्यवस्थापकीय दक्षता अभिवृद्धि गर्न, सहकारीमा सुशासन कायम गर्नुका साथै कार्य क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको बताए ।
जिल्ला सहकारी संघको सभा हलमा भएको तालिममा जिल्लाका ३६ वटा सहकारी संस्थाबाट कर्मचारीहरुको सहभागिता रहेको थियो । सो विषयमा अन्तर्राष्ट्रिय प्रशिक्षक तथा उत्प्रेरक राजु सरकारले प्रशिक्षण गराएका थिए ।
सहकारीका सदस्यहरु लाई कस्तो व्यवहार गर्ने, उनीहरुलाई सहकारी सम्बन्धि शिक्षा कसरी प्रदान गर्ने, सहकारीमा सदस्य कसरी बढाउने लगायत विभिन्न विषयमा तालिम प्रदान गरिने जिल्ला सहकारी संघ काभ्रे प्रमुख कार्यकारी अधिकृत अनिल कुमार श्रेष्ठले बताए।
कार्यक्रममा जिल्ला सहकारी संघ काभ्रेको उपाध्यक्ष एवम् शिक्षा तथा तालिम व्यवस्थापन उपसमिति संयोजक शान्ति लामा तामाङ, महिला उपाध्यक्ष मिरा शर्मा, कोषाध्यक्ष अर्जुन सापकोटा लगायत जिल्ला सहकारी संघका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

नेपालपत्र संवाददाता