बुधबार, भाद्र ३ गते २०८३

सिन्धुपाल्चाेक केन्द्रविन्दु भएर दुइपटक भूकम्प, काठमाण्डाैमा पनि धक्का

कार्तिक १, २०७८ सोमबार
सिन्धुपाल्चाेक केन्द्रविन्दु भएर दुइपटक भूकम्प, काठमाण्डाैमा पनि धक्का

सिन्धुपाल्चाेक जिल्लामा केन्द्रविन्दु भएर आज दिउँसो दुइपटक भूकम्प गएको छ । सिन्धुपाल्चोकको पाङफुङ केन्द्रविन्दु बनाएर चार दशमलव सात रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको हाे ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रको वरिष्ठ भूकम्पविद् लोक विजय अधिकारीका अनुसार पाङफुङलाई केन्द्र बनाएर आजै दुईवटा भूकम्प गएको हो। पहिलो भूकम्प दिउँसो १ बजेर ४६ मिनेटमा ४.७ म्याग्निच्युडको गएको उनले बताए। ४.७ म्याग्निच्युडकै दोस्रो भूकम्प पनि १ बजेर ५६ मिनेटमा गएको अधिकारीले बताए।

भूकम्पको धक्का दोलखा, रामेछाप, काठमाण्डौ लगायतका जिल्लामा पनि महसुस गरिएको छ । दुवै भूकम्प गोरखा भूकम्पकै परकम्प रहेको केन्द्र जनाएको छ।