शुक्रबार, कार्तिक ७ गते २०८३

बाराही बचतद्वारा हालै जारी सहकारी अध्यादेश एवं नियमन मापदण्ड मस्याैदाकाे खण्डन


माघ २०, २०८१ आइतबार
बाराही बचतद्वारा हालै जारी सहकारी अध्यादेश एवं नियमन मापदण्ड मस्याैदाकाे खण्डन


बाराही बचत तथा ऋण सहकारी संस्थाले हालै सरकारद्वारा जारी सहकारी अध्यादेश एवं राष्ट्र बैंकबाट जारी निर्देशन मापदण्डको खण्डन गर्दै यसबाट भविष्यमा आइपर्न सक्ने अवस्थाका बारेमा सञ्चालक एवं कर्मचारीहरुलाई जानकारी गराएको छ ।  

अध्यक्ष राधेश्याम सुवालको अध्यक्षतामा संस्थाले आर्थिक वर्ष २०८१।८२ को प्रथम ६ महिनाको कार्यसम्पादन समीक्षा गर्नुका साथै संस्थाको वित्तीय अवस्था जानकारी गराएको हो । संस्थाको अवस्था तथा सञ्चालकहरुको जिम्मेवारी समेत बोध गराउने उद्देश्यले कार्यक्रम गरिएको जानकारी सुवालले बताए ।

संस्थाका व्यवस्थापक शिवजी हाकुदुवालले संस्थाको वित्तीय विवरणको प्रगति समीक्षा प्रस्तुति गर्दै हालै जारी सहकारी अध्यादेश र राष्ट्र बैंकबाट जारी निर्देशन तथा मापदण्डमा उल्लेख भएको ९ वटै परिच्छेदहरुको जानकारी संस्थाका पदाधिकारीहरुलाई गराउनुका साथै त्यसको खण्डन समेत गरे । उक्त अध्यादेश र मापदण्डले संस्थालाई आगामी दिनमा के के प्रभाव पर्न सक्छन्, के के कठिनाई, अवसरहरु आउन सकिन्छ भन्ने कुराको विस्तृत प्रस्तुतिकरण गरी जानकारी गराए।

सहजकर्ता नेप्स्कूनका पूर्व कर्मचारी बावुराम न्यौपान्यले संस्थाको लेखा सुपरिवेक्षण समितिले ट्राफिकको रुपमा भूमिका निभाउने, सञ्चालकहरुले हेडलाइटको रुपमा कार्य गरी दिशानिर्देश गर्ने, उपसमितिहरुले साइड लाइटको रुपमा कार्य गर्ने जनाए। संस्थाका उपाध्यक्ष बलराम प्रजापतिले उपस्थित पदाधिकारीलाई स्वागत गरेका थिए भने संस्थाका सचिव विष्णु प्रसाद सुवालले कार्यक्रम सञ्चालन गरेका थिए । 

कार्यक्रममा संस्थाका बरिष्ठ ऋण सहायक राजमति सुवाल, बरिष्ठ प्रशासन सहायक कल्पना दुवाल, संचालक पदाधिकारीहरु रत्नकेशरी सुखुपायो, विश्वराम त्वायना, पुनेन्द्र प्रसाद कुसी, कृष्ण प्रजापति, सृजन ग्वाछा, चंचल कर्मचार्य, रवि ध्वजू, रचना खायमली लगायतले आ–आफ्नाे भनाइ राखेका थिए । 

barahi b.JPG