शुक्रबार, कार्तिक ७ गते २०८३

सानिमा रिलायन्स लाइफको एमडिआरटी सम्मान


माघ २०, २०८१ आइतबार
सानिमा रिलायन्स लाइफको एमडिआरटी सम्मान

सानिमा रिलायन्स लाइफले एमडिआरटी लक्ष्य पुरा गरेका उत्कृष्ट बीमा अभिकर्ताहरुलाई सम्मान तथा पुनर्तागजी तालिम सम्पन्न गरेको छ । कार्यक्रममा सानिमा रिलायन्स लाइफबाट एमडिआरटी, सिओटी र टिओटी भएकाहरुलाई सम्मानित गरिएको थियो ।

गत शुक्रबार राजधानी काठमाडौंको चन्द्रागिरी हिल्समा आयोजित भव्य कार्यक्रममा २७ जना एमडिआरटी लक्ष्य पुरा गरेका बीमा अभिकर्ताहरुलाई सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको हो ।


कार्यक्रममा उत्कृष्ट बीमा अभिकर्ताहरुलाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा कम्पनीका सिईओ शिवनाथ पाण्डे, उच्च व्यवस्थापन टोलीको उपस्थिति रहेको थियो । कार्यक्रममा सिईओ पाण्डेले पुरस्कृत तथा सम्मानित बीमा अभिकर्ताहरुलाई सम्बोधन गर्दै बीमा सेवालाई जनताको घरदैलोमा पुर्याउन आग्रह गरेका थिए ।