बुधबार, भाद्र ३ गते २०८३

बिभागीय आर्मीलाई पराजित गर्दै गण्डकी टाइगर कप भलिबलको उपाधि नजिक


माघ १९, २०८१ शनिबार
बिभागीय आर्मीलाई पराजित गर्दै गण्डकी टाइगर कप भलिबलको उपाधि नजिक

 

अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता पाँचौं टाइगर कप पाेखरामा विभागिय त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै पब्लिक टिम गण्डकी, प्रदेश टिम, पुरुषतर्फ उपाधि नजिक पुगेको छ ।

पर्यटकिय राजधानि पोखरा रंगशालामा आज भएको दोस्रो क्वालिफायरमा बिभागिय त्रिभुवन आर्मी लाइ ३–१ को सेटले गण्डकीले  पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गर्न सफल भएकाे हाे।गण्डकी भलिबलले तेस्राे सेट प्रतिष्पर्धामा गुमाय पनि पहिलो सेट २५–१६ तस्राे २५-१५ र ताैथाे २५-१९ ले उत्कृष्ट प्रदर्शन गर्दै साविक उपविजेता गण्डकी फाइनलमा पुगेको हो ।  

Volleysingle.jpeg

गण्डकी टिमकाे प्रमुख काेच रमेश के.सी. ले खेलाडीलाई अब्बल सहजिरण गरी जित दिलाउन लागि परेकाे खेलाडी हिमाल सुनारीले बताए , उनले थपे गण्डकीकाे चर्चित खेलाडी रबि के. सि. र सुजन चाेखाल जस्ताे राष्ट्रकाे खेलाडी  जापन गएकाेले बिदेसि खेलाडी ल्याउन बाध्य भयकाे बताउदै खेलाडी बिदेस पलायन हुन नदिने र रबि केसि लगायतकाे खेलाडी नेपाल राख्ने वातावरण राज्य र भलिबल संघले बनाउन आग्रह गरे। 

अब गण्डकीले उपाधिका लागि आइतबार बिभागिय नेपाल पुलिस क्लबसँग प्रतिष्पर्धा गर्नेछ । आज गण्डकी टिम संग हारेर  तेस्रो बनेको त्रिभुवन आर्मीले १ लाख ८५ हजार ५५५ रुपैयाँ पाउनेछ ।

यसअघि आजै भएको महिलातर्फको दोस्रो क्वालिफायरमा टिपटप न्यू डायमण्ड स्पोर्ट्सलाई ३–१ को सेटले पराजित गर्दै आयोजक टोली फाइलनमा पुगेको थियो । आयोजक टोलीले अब उपाधिका भोलि सशस्त्र प्रहरी बल (एपीएफ) सँग खेल्नेछ।

भलिबल खेल पछि बाेल्दै  नेपाल राष्ट्रिय काेच जगदिश  भट्टले  भलिबल खेल बिकासका निम्ति प्रतिभवान खेलाडीहरु मार्फत अब्बल टिमको निर्माण गर्दै निकट भबिस्यमा आयोजना सङ संगै टाइगर क्ल्ब्को आफ्नै टिम निरन्तर रहाेस र घरेलु टिम दिगाे रहाेस भन्नेमा आशबादी रहेकाे बताए । 

उनले बिधालय समुहका  नया युवा युवतिलाई आवाशीय पढाइकाे साथ दक्ष्य प्रशिक्षण गर्दै निरन्तर प्रतियोगिताका लागि तयारीले दिगाेपना हुने बताए । 

निदरल्याण्डका प्रतिनिधिले गण्डकीमा पर्यटनकाे रमणीय दृष्यका साथ नेपाली खुल्ला भलिबल प्रतियाेगितासहभागि हुन पाएकाेमा खुसी प्रकट गर्दै अन्य अन्तर्राष्ट्रिय खुल्ला भलिबल प्रतियाेगिता नेपालमा राख्न चाहेकाे बताए ।