शिखर इन्स्योरेन्स कम्पनीले शेयरधनीहरुलाई लाभांश दिने भएको छ। माघ १५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले २०८०/८१ को सञ्चित मुनाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५२६३ प्रतिशत नगद लाभांश गरी कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको चुक्ता पुँजी २ अर्ब ६५ करोड ४९ लाख रहेको छ ।
बीमा प्राधिकरणले स्वीकृति दिएपछि र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्रै सो लाभांश शेयरधनीले पाउनेछन् ।
नेपालपत्र संवाददाता