*सीताराम थापा
कास्की । नेपालकाे चर्चित टाइगर कप भलिबल पाेखरामा शुरू भएकाे छ। पुरुषतर्फ ६ र महिलातर्फ ६ गरी १२ टिम बीच प्रतियाेगिता भइरहेकाे हाे। प्रतियाेगितामा विदेशबाट थाईल्याण्ड महिलाकाे एक टिम र पुरुषकाे एक टिम भारतबाट सहभागी रहेका छन्। विभागीय टिम बाहेक अरुले ३ जना खेलाडी बिदेसबाट ल्याउँदा अमेरीका, अफ्रिका, भारत, पाकिस्थानबाट ल्याएका छन्। पुरुष समुहमा पहिलाे चरणकाे खेलमा गण्डकी भलिबल संघ र त्रिभुवन आर्मी क्लब जितकाे दाबेदार खेल खेलिरहेका छन्।
चर्चित टिम टिपटप हेल्प नेपाल स्पोर्टस जस्ताे चर्चित अमेरीका देखि सहभागि क्लबलाई हराउँदै गण्डकी प्रदेश पोखरामा जारी पाँचौं टाइगर कप अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको पुरुषतर्फ एलिमिनेटरमा प्रवेश गरेको छ।पोखरा रंगशालास्थित भलिबल कोर्टमा भएको खेलमा हेल्प नेपाललाई ३–१ सेटले पराजित गर्दै गण्डकी अग्र स्थानमा छ। पहिलो सेट २१–२५ ले गुमाएको गण्डकीले दोस्रो, तेस्रो र चौथो सेटमा सहज जित हासिल गर्न सफल भयाे । गण्डकीले दोस्रो सेट २५–२१, तेस्रो सेट २५–२२ र चौथो सेट २६–२४ ले आफ्नो पक्षमा पार्न सफल भएकाे हाे। गण्डकी पब्लिक टिम भएकाेले लाखाै दर्शकले तालि पिटिरहेका थिय।

यो जितसँगै गण्डकीले ६ अंक प्राप्त गरेर शीर्ष स्थानमा रहँदै एलिमिनेटरमा प्रवेश गरेको छ । हेल्प नेपाल २ र एपिएफ बिभागिय टिम एक अंक प्राप्त गर्दै प्रतियोगिताबाट बाहिरिएको छ । गण्डकीले अब शुक्रबार तेस्रो स्थानमा रहेको बिदेसि टिम भारतकाे सुनिल भलिबल क्लबसँग खेल्नेछ । गण्डकी भलिबलकाे प्रमुख काेच रमेश के.सि. काे रणनितिक आक्रमणले सफलता पाएकाे देखिन्छ,। उहा भन्नु हुन्छ," हाम्राे केहि कमिकमजाेरी बाबजुत फाइनल प्रबेश गर्ने गरी खेल्ने रणनिति लियकाे छाै।"
रमेश केसि राष्ट्रिय अन्तराष्ट्रिय भलिबलमा सफल र शरल प्रशिक्षक मानिने नेपालकाे चर्चित गण्डकी भलिकल खेलाडी रबि के. सि. ले बताय, उनि हाल जापनमा केहि समय रहेर नेपालमा भलिबल खेल्न आउने बताउछन्।
गण्डकी भलिबलकाे स्पाइकर सन्जु शाह र ब्लकर हिमाल सुनारीकाे अनुसार कम्मिनेसन मिलायर जित हासिल गरेकाे बताउनु भयाे। बिपक्षी टिपटपकाे अमेरिकन खेलाडीले सुन्दर नेपालमा हार ब्यहाेरे पनि फेरि बाेलाएमा आयर जित्न प्रयास जारी गर्ने बताए।
यस अघि भएको खेलमा भारतको सुनिल भलिबल क्लबलाई ३–२ को सेटमा पराजित गर्दै त्रिभुवन आर्मीले पहिलो क्वालिफायर खेल्ने पक्का गरेको छ। आर्मि र भारतकाे टालि बीच कडा प्रतिषणपरधा भएकाे थियाे। पहिलो क्वालिफायरमा आर्मीले पुलिससँग खेल्नेछ ।

यसरी भारत र पुलिस पनि अन्तिम भिडन्तकाे तयारीमा छन्। यस अघि गण्डकीले आर्म पुलिस फाेर्स र आर्मीले नेपाल पुलिस लाइ जित हासिल गरेकाे थियाे। जित दर्ज गर्ने टिमहरु जितकाे दाबेदार रहेका छन्।टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा भइरहेको प्रतियोगिता माघ २० गते आइतबार सम्म चल्नेछ ।

कार्यक्रमकाे कमेन्टेटर हेमराज हमालले गरिरहेका छन्। भलिबलकाे टेकेनिकल डेलिगेट्स अन्तराष्ट्रिय रेफ्रि टहलसिह थापाले गरेका छन्।प्रतियोगिताका विजेता टोलीले समान ५ लाख ८५ हजार ५५५ रुपैयाँ पाउनेछन् । उपविजेताले समान २ लाख ८५ हजार ५५५ र तृतीय हुने टोलीले १ लाख ८५ हजार ५५५ रुपैयाँ पाउने आयोजकले जनाएको छ । प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले समान २५ हजार ७७७ रुपैयाँ प्राप्त गर्नेछन् । विधागततर्फ उत्कृष्ट हुनेलाई समान १० हजार ५५५ रुपैयाँ प्रदान गरिने छ ।
सीताराम थापा
नेपालपत्र संवाददाता