जीवन छ भने यसको परीक्षा पनि छ । एउटा परीक्षा समाप्त हुन्छ भने तत्काल अर्को शुरु भइहाल्छ । यो क्रुर संसारमा यो परीक्षाले मृत्यु पछि पनि पिछा छोड्दैन । राम्रो हो, मानिस यसरी अन्त्यमा जाने गर्दछ र फेरि फर्किएर यो देख्न आउँदैन कि उसले आखिरी परीक्षा उत्तिर्ण ग¥यो कि असफलता पायो ? तर अझ अनौठो कुरा त बाकी नै रहन गएको छ । त्यो के भने – मानिस जीबितै थियो तर समाचारपत्रहरुमा उसको मृत्युको खबर शीर्ष खबरकोरुपमा छापिएको थियो । त्यो मानिस स्वयंले आफ्नो मृत्युको खबर पढिरहेको थियो । त्यो खबरको शीर्षक थियो – ‘मृत्युको ब्यापारीको मृत्यु’ । यो खबर यसरी लेखिएको थियो मानौं दुनियाले उसको मृत्युको प्रतिक्षा गरिरहेको थियो र उसको मृत्युले सबैले राहत महसुश गरे । ती मानिसलाई लागिरहेको थियो कि दुनियाले उनको आखिरी परीक्षा लिइसकेको छ, जसमा उसलाई असफल गराइएको छ र उसलाई सही किसिमले शोक सम्बेदना पनि भाग्यमा परिहरको छैन ।
मृत्युको यस्तो भयावह परीक्षामा परेका मानिस अरु कोही नभएर अल्फ्रेड नोबेल थिए, जसको सम्पत्ति र नाममा आज संसारको सबैभन्दा प्रतिष्ठित सम्मान अर्थात ‘नोबेल पुरस्कार’ दिइने गरिन्छ । बास्तवमा १३ अप्रिल १८८८ का दिन प्रकाशित त्यो खबर बिल्कुलै गलत थियो । मृत्यु अल्फ्रेड नोबेलको होइन उनका ठूल्दाजु लडविग नोबेलको भएको थियो । नोबेल बन्धुहरुमा सबैभन्दा सफल लडविग दुनियाका चुनिएका सम्पत्तिशालीहरुमध्येका एक थिए । तर अल्फ्रेडका बिरुद्ध यत्ति धेरै रीस थियो कि उनको मृत्युको खबर छापियो । त्यो समय बिन्दूले अल्फ्रेडलाई नराम्रोसँग हल्लाएर राखिदियो, समाजले उनका बारेमा यत्तिका खराब किसिमले सोच्दछ ? अल्फ्रेड आजीवन एक्लै रहेका थिए । पूरै जीवन बैज्ञानिक खोज अनुसन्धानको बृद्धिका निम्ति समर्पित गरेका थिए । उनको दौलत अर्ब–खर्ब जति आँकिन्थ्यो । तर कूल जम्मा जिन्दगीको निचोड यो कि ‘मृत्युको ब्यापारीको मृत्यु’ ।
त्यो बेला उनका ठूल्दाजुको मृत्युले शोकाकुल त तुल्याएको थियो नै, सानु भाइ एमिलको मृत्युको कुरा पनि चल्न थालेको थियो । एमिल नोबेल परिवारमा कलेज जाने पहिलो सदस्य पनि थिए । प्रयोगहरुमा उनीभन्दा ठूला दाजु अल्फ्रेड नोबेललाई मद्दत गर्ने गर्दथे । त्यति बेला नाइट्रो ग्लिसरीनभन्दा शक्तिशाली र उपयोगका लागि उपयुक्त बिस्फोटक बनाउने प्रतिस्पद्र्धा जारी रहेको थियो । यस खोजको कमान अल्फ्रेड नोबेलको हातमा थियो । यस्तो तरल बिस्फोटकलाई सम्भव रुप दिन लागिएको थियो जसलाई एक ठाउँबाट अर्को ठाउँमा लैजान सहज होस् । त्यस दिन नजाने के कमी रहँन गयो कि प्रयोगशालमा भयंकर बिस्फोटन हुन गयो । त्यो दिन थियो ३ सेप्टेम्बर १८६४ को दिन । यस भयंकर दुर्घटनामा सानो भाई चार अन्य सहयोगीसँगै शहीद हुन पुगे । मात्र संयोग थियो कि अल्फ्रेड नोबल त्यतिबेला त्यहाँ थिएनन् । त्यतिबेला पनि समाचार पत्रहरुले यस खोजका बिरुद्ध धेरै कुरा छापे, तर अल्फ्रेड नोबेलमाथि त्यसको कुनै असर परेन । आफ्नो सबैभन्दा सानोे छोरालाई गुमाउँदा पिता त यत्ति धेरै शोककुल भए कि यस खोजबाट नै पछाडि हट्न पुगे, तर ती दिनमा पनि अल्फ्रेड नोबेलाई मानौ एउटा धून सवार थियो । उनी त्यो भयावह दुर्घटना भुलेर अघि बढे र झण्डै झण्डै तीन बर्षको कडा मेहनतबाट एउटा सफल बिस्फोटक डाइनामाईट बिकसित गर्नमा सफलता हासिल गरे ।
अल्फ्रेड नोबेललाइ बिस्फोटक र हतियार बनाउने यस्तो चस्का थियो कि उनी लगातार त्यो आफ्नो धूनमा लागिरहे । कहिल्यै पनि फर्किएर बिचार गरेनन् कि दुनियाले उनका बारेमा के सोच्दछ । खानी र पत्थर फोर्न त डाइनामाईट र अन्य बिस्फोकहरु उपयोगमा आउँदछन् नै, लडाईमा पनि त्यस किसिमका बिस्फोटकको उपयोग गरेर ती मानिसको मृत्युको सामान बन्न थालेका थिए । सबैभन्दा अघि बढेर यो कुरा कि अल्फ्रेडलाई आफ्ना यस्ता आबिष्कारहरुमाथि अभिमान थियो । उनको सोच्ने तरीका नै भिन्नै थियो । उनी सहजै किसिमले अरुलाई अप्रसन्न तुल्याइदिन्थे । सत्य बोल्नेहरुसँग एक पटक यस्तो चिढसम्म हुन पुग्यो कि उनले भनिदिए – सच्चा मानिस आमरुपमा असत्य हुने गर्दछ । उम्मेदलाई सत्यको नग्नता लुकाउने पर्दा मान्दथे ।
अगाडि बढ्नका लागि अल्फ्रेडले कसैको पर्वाह गरेका थिएनन् । आफ्नो मृत्युको खबर पढेर त्यस दिन निर्मम निराशाबादी मानिसको सामना पहिलो पटक यस कुराले भएको यियो कि दुनियाले उनीमाथि घृणा गर्दछ । जहिले पनि उनले बनाएको बिस्फोटकद्वारा कोही मारिन्छ मानिसले उनीमाथि रीस पोख्दछन् । बिस्फोटकले युद्धलाई बदल्दियो । अब युद्ध बीरताको होइन धोकाधडीको हुन थालेको छ । जसले पहिला डाइनामाईट बिछ््याइयो उसले जित्यो । त्यो फ्रेञ्च समाचारपत्रले त्यस दिन बिना संकोच यो पनि लेखेको थियो — ‘यो त्यही मानिस हो, जसले पहिलाभन्दा बढी तीब्रतापूर्बक बढी मानिस मार्ने तरीका खोजेर सम्पन्नशाली भएको छ’ ।
त्यस दिन अल्फ्रेडको जिन्दगी त बदलिएन तर उनको सोचको ढाँचा फरक हुन पुग्यो । उनी छबि सुधार्ने कोशिशमा लागे ता कि उनलाई दुनियाँले राम्रोरुपमा पनि सम्झना गरोस्, अनि आखिरमा आफ्नो मृत्यु हुनुभन्दा एक बर्ष पहिला उनले देशहरुको सीमाभन्दा पर दुनियाँका योग्यतम मानिसहरुलाई नोबेल सम्मान दिने निर्णय लिए । उनकै सम्पत्तिबाट नोबेल सम्मान बाढ्न थालेको ११८ बर्ष आज बितिसकेको छ । सभ्य संसारमा अब कसैले भन्दैन कि अल्फ्रेड नोबेल ‘मृत्युका ब्यापारी’ थिए ।