शुक्रबार, कार्तिक ७ गते २०८३

क्वाडको बीसौ बार्षिकोत्सब : चीनको शक्ति प्रदर्शका बिरुद्ध

माघ ७, २०८१ सोमबार
 
चतुष्कोणीय सुरक्षा बार्ता (Quadrilateral Security Dialogue)‘क्वाड’ नाम दिएर अमेरिका, भारत, अष्टे«लिया र जापानको साझा संगठन बनेको २० बर्ष पुगेको अवसरमा ती आबद्ध देशहरुका बिदेश मन्त्रीहरुले एउटा सझा बक्तब्यमा स्वतन्त्र र शान्तिपूर्ण हिन्द – प्रशान्त क्षेत्रका लागि आफ्नो प्रतिबद्धता जस्तो किसिमले दोहो¥याएका छन् त्यसलाई एकथरीले निकै महत्वपूर्ण मानेको देखिदैछ । त्यस बक्तब्यमा के स्मरण गरिएको छ भने कसरी २० बर्ष पहिला सने २००४ मा  हिन्दमहासागरमा आएको सुनामीको परिणामस्वरुप यस साझेदारीले आकार ग्रहण गरेको थियो । त्यो बेला आएको सामुद्रिक आँधी) सुनामीले झण्डै २५ लाख मानिसको ज्यान गएको थियो भने अनि १४ वटा देशमा झण्डै १७ हजार मानिस बिस्थापित भएका थिए । त्यतिबेला माथि उल्लेख गरिएका चार देश मिलेर ४० हजारभन्दा बढी सहायता दल त्यो सुनामी प्रभावित क्षेत्रमा पठाइएका थिए । त्यसपछि यो ंसंगठनको कामकाज त जारी रह्यो नै  । त्यसका अतिरिक् २०१७ यी चार देशका बीचको आपसी सहयोग अझ सदृढ भयो ।
यस क्रममा जलवायु परिवर्तनबाट उत्पन्न स्थितिका बारेमा समुद्र क्षेत्रमा जागरुपता बढाउने, आतंबादको सामना गर्ने, साइबर कानुनहरलाई सबल बनाउने तथा रणनीतिक सहयोगसम्ममा क्वाडले कतिपय क्षेत्रमा सहयोलाई अझ सबल पारेको कुरा पनि त्यो साझा बक्तब्यमा उल्लेख छ । गएका बर्षहरुमा यस सगठनले आधारभूत संरचना र कनेक्टिभिटीका क्षेत्र समेत हिन्द–प्रशान्त क्षेत्रका केही अझ बढी दबावकारी आवश्यकता र चूनौतिहरुको निवारणका लागि पहल गरेको समेत बताइएको छ । 
सयुक्त बक्तब्यमा के पनि उल्लेख गरिएको छ भने क्वाड जलवायु परिसबर्तन, क्यान्सर र अन्य महामारीहरुदेखि लिएर गुणस्तरीय संरचनालाई सबल तुल्याउन, आतंबादी प्रयत्नको मुकाबिला गर्न र उदाउादो प्रौद्योगिकी तथा साइबर सुरक्षाको क्षेत्रमा मिलेर काम गर्ने गरिरहेको छ । हिन्द–प्रशान्त क्षेत्रमा चीनको शक्ति प्रदर्शनका बीच क्वाडका देशहरु मिलेर काम गर्ने कुरा उल्लेख गर्दै  हिन्द–प्रशान्त क्षेत्रमा अब आउँदा दिनमा पनि चीनको शक्ति प्रदर्शनका बिरुद्ध मिलेर काम गर्ने कुरा उल्लेख गरेका छन् । सदस्य देशहरुका बीच सहयोगका सन्दर्भमा कुरा गर्दै बिदेश मन्त्रिहरुले १० देशको समूह आशियानको महत्वको चर्चा पनि गरेकाछन्  र के भनेका छन् भने ‘हामी हिन्द–प्रशान्त क्षेत्रमा यसको दृष्टिकोणलाई लागु गर्ने कुरामा आफ्नो अटुट समर्थनको पुष्टि गर्दछौं ।
अनि जहासम्म अमेरिकामा डोनाल्ड ट्रम्पको कार्य कालमा क्वाडको भबिष्यको प्रश्न छ बिर्सन हुँदैन कि बितेको २०१७ मा ट्रम्पले नै हिन्द–प्रशान्त भिजन सम्बन्धमा दस्तावेज जारी गरेका थिए । उनले त्यसको उल्लेख राष्ट्रिय सुरक्षा रणनीतिमा पनि गरेका थिए । यस्तो स्थितिमा एकथरी बिश्लेषकहरु के पनि उल्लेख गर्दछन् भने उनले चार देशको यो साझा सहयोगलाई अझ अगाडि बढाउने छन् । यस बर्ष भारतले क्वाड सम्मेलनको आयोजना गर्ने तय छ । त्यसमा चारै देशका बिदेशमन्त्रीहरु सहभागी हुने बताइएको छ । गएका केही बर्षयतादेखि यो क्वाडले कतिपय क्षेत्रहरमा परस्पर सहयोग र सक्रियता बढाउँदै आएको छ । अनि २०२१ देखियता प्रत्येक बर्ष यसको बैठक नियमित गर्न थालेको पनि छ र त्यसलाई पनि तिनको आपसी सहयोग सबल हु्रँदै गएको एउटा प्रमाण बनाइएको देखिन्छ । मूलतः चीनको चौतर्फी बढ्दो शक्तिको प्रतिकृयास्वरुप आएको यो संगठन यथार्थतः  कत्तिको सफल हुने हो त्यो भने भबिष्यकै गर्भमा छ ।