होटल संघ नेपालले स्थापना दिवसको अवसर पारेर नेपाल सत्कार दिवस २०२५ सम्पन्न गरेको छ । गत वर्षबाट सुरु गरेको सत्कार दिवस प्रत्येक वर्ष मनाउने होटल संघ नेपालका अध्यक्ष विनायक शाहले बताए । अध्यक्ष शाहले यस दिवसमा होटल क्षेत्रमा हासिल भएका उपलब्धी, सामना गरिएका चुनौतीहरु र भावी दिनको योजना तथा कार्यक्रमहरुको प्रस्तुती गर्न तथा होटल क्षेत्रले देश, जनता, आर्थिक विकास र समग्र पर्यटनबाट भएको र हुन सक्ने सम्वृद्धिको लेखाजोखा हुने बताए ।
अध्यक्ष शाहले राष्ट्रिय तथ्यांक कार्यालयले हालै सार्वजनिक गरेको तथ्यांकले देशमा १ लाख ४२ हजार भन्दा बढी होटल तथा रेस्टुरेन्टहरु सञ्चालनमा रहेको, १ लाख १६हजार भन्दा बढी होटल कोठा उपलब्ध रहेको, नेपालमा रेस्टुरेन्टहरुले २२ लाख ग्राहकहरुलाई सेवा दिन सक्ने क्षमता रहेको उल्लेख गरेको जनाए । उनले तथ्यांकले देखाए जस्तै प्रत्येक महिना जस्तो खुलेका अन्तर्राष्ट्रिय ब्राण्डका ठूला तारे होटलले नेपालमा झन्डै ३५ लाख पर्यटकलाई स्तरीय सेवा प्रदान गर्न सक्ने क्षमता विकास गरेको तथ्यले नेपालको पर्यटन बजारमा बढ्दो उत्साहवद्र्धक आपूर्तिको स्थिति इंगित गर्दछ भने त्यसको अनुपातमा विद्यमान मागको अवस्था करिब एक तिहाइको हाराहारीमा मात्र रहेको र २०२४ मा हवाई मार्गबाट आउने पर्यटक संख्या ११ लाख ४७ हजारको तथ्यांकले देखाएको जनाए ।
उनले भने,‘अस्तव्यस्त राजमार्ग भएर १०÷१२ घण्टा लगाएर काठमाडौंबाट २ सय किलोमिटरको दुरीको पोखरा पुग्ने बाध्यता धेरै बिदा मनाउन रमाइलो गर्न आउने पर्यटकहरु खप्न तयार देखिँदैनन् । गतवर्ष भएका हवाई तथा सडक दुर्घटनाहरुका साथै युरोपियन युनियनको कालो सूचीमा नेपाली एयरलाइन्सहरु रही रहेकोले समस्या झन् बढेको छ।’
कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले संघबाट प्रकाशित नेपाल होटल इयर बुक विमानेचन गर्दै यस किसिमको सत्कार दिवसले सिंगो पर्यटन क्षेत्र तथा सरोकारवालाहरुलाई एकै थलो राखी मुलुकको समग्र पर्यटनको विषय वस्तुहरु यकीन हुने कार्यक्रम ज्यादै महत्वपूर्ण रहेको भन्दै सराहना गरे । मन्त्री पाण्डेले राज्यले पर्यटन क्षेत्रलाई नजिकबाट हेरेको र मुलुकको पर्यटनलाई सहज बनाउन र पर्यटक आवागमन बढाउन मन्त्रालय तथा सिंगो सरकार लागिपरेको जानकारी गराए । उनले निजी क्षेत्रसँगको समन्वय विना पर्यटनलाई अगाडि बढाउन नसकिने जिकिर गर्दै मन्त्रालयबाट हुने हरेक क्रियाकलापमा निजी क्षेसँगको सहकार्य गर्दै आइरहेको पनि बताए ।
कार्यक्रममा विभिन्न समयमा आयोजना गरिएका भ्रमण वर्षका संयोजकहरुलाई सम्मान समेत गरिएको थियो । उक्त सम्मान नेपाल भ्रमण वर्ष १९९८ का संयोजक कर्ण शाक्य, नेपाल पर्यटन वर्ष २०११ का संयोजक योगेन्द्र शाक्य र नेपाल भ्रमण वर्ष २०२० का संयोजक सुरज वैद्यलाई प्रदान गरिएको थियो । उक्त अवसरमा मुलुकमा रैथाने खाना प्रवद्र्धनमा सघाउ पु¥याउने मुर्धन्य सेफहरुलाई समेत सम्मान गरिएको थियो भने कार्यक्रमलाई सघाउ पु¥याउने विभिन्न प्रायोजकहरुलाई समेत सम्मान गरिएको थियो ।
सातै प्रदेशबाट प्रतिनिधत्व गर्ने होटल व्यवसायीहरु, सरोकारवालाहरु र लब्धप्रतिष्ठित व्यक्तित्वहरुको भेला रहेको उक्त कार्यक्रमलाई स्वागत गर्दै संघका वरिष्ठ उपाध्यक्ष प्रविण बहादुर पाण्डेले पछिल्लो समय लगानी विस्तार भएका र २०२५ र २०२६ मा खोलिने क्रममा रहेका ठूला तथा सना होटलहरुले अझ बढी राष्ट्रिय अर्थतन्त्र र रोजगारीमा योगदान पु¥याउने नै देखिन्छ । यसरी नेपाली ब्राण्ड विदेशमा लैजाने क्रमको सुरुआत भएको छ भने विदेशी ब्राण्डले पनि नेपाल साँच्चिनै प्रकृतिले भरिएको सुन्दर मुलुक रहेको संसारभर सकारात्मक सन्देश फैलाउन सक्ने बताउनुभयो ।
उपाध्यक्ष पाण्डेले कैयन होटल र लजहरु विना दर्ता सञ्चालनमा रहेको दुःखद् विषय नै हो । यसबाट राज्यले ठूलो राजस्व गुमाउनुका साथै राज्य र विभिन्न संघसंस्थाहरुबाट गरिएको विश्वव्यापी प्रवद्र्धनबाट नेपाल भित्रिएका पर्यटकहरु दर्ता नभएका होटल लजमा बस्दा यस संघमा कानुनी दायरामा रही दर्ता संचालनमा रहेका होटलहरुलाई अन्याय भएको हामीले महसुस गरेका छौं । यसलाई राज्यबाट कानुनी दायरामा ल्याउन सके राजस्व वृद्धि हुनुका साथै राष्ट्रिय ग्राहस्थ्य उत्पादनमा समेत मद्दत पुग्ने समेत प्रष्ट पारे। सहभागीहरुलाई संघका महासचिव साजन शाक्यले धन्यवाद व्यक्त गरेका गिए । सोही दिन संघको वार्षिक साधारणसभासमेत सम्पन्न भएको थियो ।
नेपालपत्र संवाददाता