लोकनारायण सुबेदी
सबैलाई थाहा छ कि आजको बिश्वमा स्वभाविकरुपमा बहुचर्चित दुइजना ब्यक्ति छन् । तीमध्येका एक हुन् ‘एलन मस्क’ अर्का हुन् ‘मार्क जुकरबर्ग’। बिश्व भरीका सञ्चार माध्यमहरुमा आज यीनै दुइ जनाको नया ‘फ्री स्पीच’ सम्बन्धि नीतिहरुको चिन्ता र चर्चा चलिरहेको छ । यी दुबै नै आजको तकनिकी र डिजिटल क्रान्तिको कालखण्डमा बिश्वकै सबैभन्दा धनाढ्य ब्यक्ति बन्न पुगेका छन् । यसरी बिश्वका सबैभन्दा धनी ब्यक्ति बनेका एलन मस्क यतिबेला ४२१.२ बिलियन डलरको मालिक छन् भने दोश्रो नम्बरका धनी ब्यक्ति मार्क जुकरबर्ग २१६ बिलियन डलरका मालिक छन् । अभूतपूर्ब प्रबिधि क्रान्तिको एउटै कालखण्डमा दुबै ब्यक्ति संसारकै अत्याधिक धनी ब्यक्ति बनेका छन् भने ती दुबैका बीच प्रतिस्पद्र्धा पनि रहेकै छ । बितेको बर्षमा ती दुइका बीच यस्तो ब्यक्तिगत चर्काचर्की पनि परेको थियो कि ती एकले अर्कोलाई ‘कुङफू’ किसिमको लडाई गर्ने चूनौति पनि दिएका थिए । तर त्यसलाई पछिबाट फिर्ता लिइएको थियो । यस प्रकारको थियो नयाँ पूँजीको केटाकेटीपना ।
यो पनि सबैलाई थाहा भएकै कुरा हो कि एलेन मस्कले गएका दिनमा ‘ट्वीटर’ नाको माइक्रो मिडिया प्लेटफर्म ठूलो रकम तिरेर किने । अनि त्यसको नाम परिबर्तन गरेर ‘एक्स’ राखे । त्यसमाथिको ब्यक्तिगत ‘सेन्सर’ पनि हटाएर त्यसलाई ‘फ्री स्पीच’को पक्षधर पनि बनाइदिए । अमेरिकी चुनावमा ट्रम्पको पक्षमा मस्कले ‘अभियान’ पनि चलाए । शायद त्यसै कारणले पनि होला मस्कले बेलायतमा ‘साना बालिकाहरुमाथि एकथरी पाकिस्तानीद्वारा गरिदैरहेको जबर्जस्ती यौन दुराचार काण्डका बिरुद्ध बेलायतका प्रधानमन्त्रीसम्मलाई ताने। यसबाट स्पष्ट हुन्छ कि एलन मस्क माइक्रो मेडिया प्लेटफर्म ‘एक्स’ मालिक मात्र होइनन् आफ्नो ‘एक्स’का आफ्नै किमिसका एक ‘अभियन्ता’ पनि हुन् र ‘बिश्व जनमत’लाई प्रभावित तुल्याउने नेता पनि ।
एलेन मस्कको ‘एक्स’को ‘फ्री स्पीचवादी’ नीतिलाई देखेर जुकरबर्गले पनि आफ्नो ‘मेटा’मा आउने ‘कण्टेण्ट’लाई‘फुल्ली फ्री’ गर्न सकिने बताइएको छ । एलेन मस्कले जस्तै जुकरबर्गले पनि यसलाई डिजीटल क्रान्तिका लागि आवश्यक ‘फीडम अफ स्पिच’ भन्ने नाम दिएका छन् र त्यसबाट बिश्वभरीमा कानिसले आफु स्वयंलाई‘मुक्तभाव’ ‘ब्याक्त’ गर्न कक्तछ । आज एलन मस्क त डोनालड ट्रम्पको समूहका एक शक्तिशाली सदस्य मात्र बनेका छैनन, ट्रम्पका नीतिहरुका समर्थक, निर्माता तथा प्रचारक पनि बनेका छन् । त्यसको कारण उनको पैसाको ‘शक्ति’ हो । अर्कोतिर जुकरबर्ग पनि तकनिकी अर्थात प्रबिधि क्रान्तिका एउटा ठूला प्रणेता र बिश्वमा सबैभन्दा लोकप्रिया डिजिटल प्लेटफर्म ‘फेसबुक’का मालिक हुन् । बिश्वभरीमा तीन अर्बभन्दा बढी मानिसहरु आज उनको ‘फेसबुक’ र उनको ‘ह्वाट्सएप’ नामको डिजिटल प्लेटफर्मको उपयोग गर्दछन् र आफुलाई अनेक किसिमले अभिब्यक्त गर्ने गर्दछन् । सम्बाद गर्ने गर्दछन् । एक अर्कासँग सम्बन्ध बनाउने गर्दछन् । अनि समाजको समानान्तर आ–आफ्ना समूह र समुदाय बनाउँदछन् । अनि भनिरहनु नपर्ला कि ‘एक्स’ होस या ‘फेसबुक’ यो ‘ह्वाट्सएप’ आदि प्लेटफर्मले बिश्वको ‘राजनीति’देखि लिएर ‘अर्थनीति, ‘साँस्कृतिक नीति’ यतिसम्म कि ‘युद्ध नीति’सम्मलाई तिनले प्रभावित तुल्याउँदछन् । यस्ता प्लेटफर्महरुको माध्यमबाट ‘सेट’ गरिने गरेका ‘भाष्य’ या ‘न्यारेटिभ’ले कुनै पनि देशमा ‘हस्तक्षेप’ गर्न सक्तछन् । कसैलाई उठाउन र कसैलाई खसाल्न सक्दछन् । ‘सत्य’ लाई ‘झूटो’ र ‘झूटो’लाई ‘सत्य’ बनाएर बेच्न सक्छन् । ‘फेक न्यूज’ ‘पोष्ट ट्रुथ’ र यस्तै बिभिन्न ‘पद’ र ‘पदावली’हरुले आजको डिजिटल सञ्चार माध्यमहरुलाई समेत ‘सन्दिग्ध’ बनाइसकेका छन् । त्यसले आज के ‘सत्य’ हो के ‘झूटा’ हो वास्तबिक यथार्थ थाहा हुन छोडेको छ । कुन ‘झूट’लाई ‘सत्य’ जस्तै बनाएर लगातार प्रसारित गनेृ, ‘भाइरल’ तुल्याउने अथवा ‘बहस’ महत्वपूर्ण बिय बनाउने या ‘न्यारेटिभ’ बनाउनाले कहाँ के कस्तो परिणाम उत्पन्न गर्न सकिने हो अजाका धेरैजसो खबरहरु, अर्थात ‘भिडिओ’, ‘ह्वाट्सप’, ‘फोटोहरु’ आदि यसै हिसाबले पहिला नै तय गरेर प्रसारित गर्ने गरिन्छन् अनि त्यसको जे परिणाम हुनजान्छ त्यो पनि ‘आउट अफ कण्ट्रल’ हुन पुग्ने गरेको बताइन्छ ।
हुन त यस्तो पनि हुने गरेको थियो कि जतिबेला प्लेटमर्फमा एक प्रकारको ‘निजी सेन्सर’ लाग्दथ्यो जसले मानेर चल्दथ्यो कि धेरैजसो ‘अतिबादी’ आतंकबादलाई उक्साउनेहरु’ हि«ंसक मानसिकतालाई उक्साउनेहरु’ र ‘घृणा फैलाउनेहरु’माथि यथासम्भव सेन्सर लगाइनु ठिक थियो । तर आजको समकालीन ‘फ्रि स्पीच’को नया वकालतको बास्तबिव कारण के हो भन्ने कुरा पनि एकदमै बिचारणीय छ । कतिपयले मान्दछन् कि डोनाल्ड ट्रम्ले जस्तै बिश्वका कतिपय देशहरुमा जतिबेला दक्षिणपन्थ सबल बनेको छ, त्यतिबेलादेखि यी नयाँ प्लेटफर्मलाई ‘फ्री स्पिच’को नयाँ दौडा परेको छ । पहिला यसलाई ‘एक्स’ले लागु गरेको हो । अब ‘मेटा’ले पनि लागु गर्न थालेको छ ।
संबेदनशील कतिपयको मान्यता के छ देखिएको छ भने यो ‘डिजिटल क्रान्ति’नयाँ मालिकहरु नयाँ तानाशाह हुन् । यो ‘नयाँ स्वतन्त्रता’को नाममा ‘नयाँ दासता’ हो । अनि यसबाट छुटकारा भने त्यतिबेला मात्र पाउन सकिने या मिल्नेछ जतिबेला हरेक देशहरु आफैले ‘डिजिटल क्रान्ति’ गर्नेछन् र आफ्नै स्वदेशी ‘प्लेटफर्म’ उत्पन्न गर्नेछन् ।
प्रष्ट छ, हामीले आज हामी डिजिलट क्रान्तिको युगमा छौं भनेर फुरफुर गरेर मात्र हुँदैन, यसको मानब र प्रकृतिका बिरुद्ध हुनसक्ने दुरुपयोग र त्यसको भयावह दुष्परिणामबाट बच्ने सार्थक र मूर्त उपायहरुको खोजी गर्नु पनि उत्तिकै आवश्यक छ । अन्यथा बिज्ञान र प्रबिधिको दुष्परिणमदायी दुर्घटनाबाट उम्किन सकिने छैन । त्यतिबेला बरदान अभिशापमा परिणत हुनेछ । समाज मुक्त होइन दासतको शिकार हुनुको कुनै बिकल्प बिकसित गर्न सकिने छैन ।