शनिबार, आश्विन १७ गते २०८३

"इच्छा आधा जीवन हो र उदासिनता आधा मृत्यु । मन्दीरको द्वारमा हामी सबै भिखारी हौँ " : खलिल जिब्रान

आश्विन २७, २०७८ बुधबार
"इच्छा आधा जीवन हो र उदासिनता आधा मृत्यु । मन्दीरको द्वारमा हामी सबै भिखारी हौँ " : खलिल जिब्रान
chandramani.jpg
 
-चन्द्रमणि गाैतम
 
खलिल जिब्रान (१८८३–१९३१) लेबाननमा जन्मेका प्रख्यात आप्रवासी अमेरिकी कवि तथा लेखक हुन् । दार्शनिक तथा आध्यात्मिक वस्तुवादिता यिनका लेखमा पाइने रुमानी रस हो । 
 
उनी अरबी र अँग्रजी दुबै भाषामा लेख्ने गर्थे । काब्यात्मक रुपमा लेखिएको फिक्सन ‘द प्रोफेट’ (ईश्वरदूत) त यिनको कल्पना शक्तिको बेजोड प्रतिक मानिन्छ । 'ब्रोकन विङ्स', 'म्याडम्यान', 'फोर रनर' पनि उनका उत्कृष्ट कृति हुन । ‘द प्रोफेट’ लेखेपछि उनमा यस्तो भूत सवार भयो कि कयौँ दिनसम्म उनी ढोका थुनेर कोठाभित्रै बस्ने गर्थे । खुब रक्सी पिए ।
 
अति रक्स्याहा भएको कारण उनलाई टीबी र सिरोसिस रोगले जकड्यायो । यिनै रोगबाट उनको ४८ वर्षमा निधन भयो । उनको इच्छा अनुरुप उनलाई लेबाननको एक गिर्जाघरमा दफनाइयो ।
 
यिनको निधनपछि पनि हजारौँ मानिस यिनलाई हेर्न आएका थिए । यिनका रचनाहरूले सेक्सपियर र लाओ जूका कृतिहरूपछि धेरै बिक्ने रेकर्ड राखेका छन् ।
 
साभार :  चन्द्रमणि गौतमको मुहारपुस्तिका