नेपाल लाइफ इन्स्योरेन्सले सेयरधनीलाई २१.०५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई उक्त लाभांशदिने प्रस्ताव गरेको हो । कम्पनी सञ्चालक समितिको बैठकले १० प्रतिशत बोनस र करसहित ११.०५ प्रतिशशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
यो प्रस्ताव बिमा प्राधिकरणले स्वीकृत गरेर आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् । कम्पनीको हाल कायम रहेको चुक्ता पुँजी ८ अर्ब २० करोड ७९ लाखको लागि १ अर्ब ७२ करोड ७९ लाख ९२ हजार ९ सय ५९ रुपैयाँ लाभांशको लागि छुट्याएको छ ।