बनेपा । पिपुल्स बचत तथा ऋण सहकारी संस्थाले ज्येष्ठ सदस्यलाई तिर्थाटन गराएको छ । संस्थाको सहकारी शिक्षा तथा समाजकल्याण उप–समितिको आयोजनामा भएको ‘पिपुल्स जेष्ठ सदस्य तिर्थाटन कार्यक्रम’ सदस्यहरुलाई भक्तपुरको श्रीपञ्चमहालक्ष्मी, चाँगुनारायण मन्दिर लगायतका धार्मिक तथा पर्यटकीय स्थलहरुको दर्शन एवं भ्रमण गराइएको हो । तीर्थाटनमा संस्थाका जेष्ठ सदस्य, संचालक समिति, लेखा समिति, अयोजक उप–समिति, अन्य उप–समिति र कर्मचारी समेत महिला ४५ र पुरुष ४० गरी जम्मा ८५ जनाको उपस्थिति थियो ।
कार्यक्रम संयोजन उक्त उप–समितिका द्वारिका गौतम र संचालक सदस्य श्री कपिल प्रसाद दुलालले संयोजन सहयोग गराएका थिए । कार्यक्रमका दौरान सहकारी शिक्षा, वित्तिय एवं प्रविधि साक्षरता शिविरको उद्घाटन समेत गरिएको थियो । संस्थका अध्यक्ष निरन शाक्यले ब्यानर वाचन गरी शिविर उद्घाटन गर्दै संस्था सवल, सक्षम एवं सुशासनयुक्त हुदै जानुका साथै तरलता व्यवस्थापन राम्रो भएको बताए ।
शिविरमा प्रशिक्षण प्रबन्धक नवराज सापकोटा, शिविर सञ्चालनकै क्रममा लोक गायक मच्छेश्वर सापकोटाले संस्थाको दीगोपन विषयलाई प्रकाश पार्दै लोकगीत प्रस्तुत गरेका थिए ।
समापन मन्तव्य राख्ने क्रममा उप–समिति संयोजकबाट शिविर एवं समग्र कार्यक्रमको महत्व तथा आगामी कार्यक्रमलाई थप प्रभावकारी बनाउन यस्ता कार्यक्रमलाई निरन्तरता दिदै सहभागी बढाउने धारणा व्यक्त गर्र्दै कार्यक्रम सफलतापूर्वक सम्पन्न गराउन सहयोग सबैलाई धन्यवाद दिएका थिए ।
नेपालपत्र संवाददाता