शुक्रबार, कार्तिक ७ गते २०८३

शुभश्री साकोसको १७औं वार्षिक साधारणसभा सम्पन्न, नाफामा १४ प्रतिशतले वृद्धि


पौष २१, २०८१ आइतबार
शुभश्री साकोसको १७औं वार्षिक साधारणसभा सम्पन्न, नाफामा १४ प्रतिशतले वृद्धि

शुभश्री बचत तथा ऋण सहकारी संस्थाको १७औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष ज्ञानकृष्ण श्रेष्ठको सभापतित्व एवं मध्यपुर थिमी नगरपालिकाका मेयर सुरेन्द्र कुमार श्रेष्ठको प्रमुख आतिथ्यमा सभा सम्पन्न भएको हो । 

सभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष श्रेष्ठले संस्था समुदायमा आधारित भएको जनाउँदै बजारमा देखिएका कतिपय सहकारीमा तरलताको समस्या भएपनि शुभश्री भने त्यसप्रकारका समस्याबाट टाढै रहेको जनाए । 

संस्थाले पारदर्शी हिसाबकिताबका लागि कमप्युटरकृत लेखा प्रणाली अवलम्बन गरेको, सदस्यको सुविधाका लागि स्मार्ट बैंकिङ प्रणाली अवलम्बन गरेको र वित्तीय कारोबारलाई मात्र नभई समुदायको हितलाई सदैव प्राथमिकताका राख्दै आएको उल्लेख गरे । 

संस्थाले सदस्यहरुलाई धार्मिक भ्रमण, सरसफाई तथा वृक्षारोपण, झोल साबुन बनाउने तालिम सञ्चालन गर्नुका साथै संस्थाका पदाधिकारी र कर्मचारीहरुको क्षमता वृद्धिका लागि विभिन्न १८ वटा कार्यक्रममा संस्थाको तर्फबाट सहभागि भएको जानकारी गराए । 

gyan k.jpg

संस्थाका कोषाध्यक्ष तुलसीमान श्रेष्ठले २०८०/८१ को आर्थिक विवरण प्रस्तुत गर्दै असार मसान्तसम्म उनले गत आर्थिक वर्ष २०८०/८१मा संस्थाको शेयरपुँजी स्थिर रहेको, निक्षेपमा १२.९७ प्रतिशत वृद्धि भएको र ऋण लगानी १०.७० प्रतिशतले न्यून भएको जानकारी सभालाई दिए । त्यसैगरी संस्थाले त्यस अवधिमा संस्थाले खुद बचतमा १४ प्रतिशतले वृद्धि गरेको छ । 

गत असार मसान्तसम्म संस्थाको शेयर लगानी ४ करोड ६९ लाख ५६ हजार, जगेडा तथा अन्य कोषहरुमा २ करोड ५० लाख, निक्षेप ३१ करोड ३० लाख र ऋण लगानी २१ करोड २६ लाख गरी खुद बचत ३२ लाख ९० हजार पुगेको छ ।

संस्थाका लेखा सुपरीवेक्षक समितिका संयोजक गोपाल श्रेष्ठ न्हाले समितिको प्रतिवेदन प्रस्तुतर गर्दै संस्थाको पल्र्स विश्लेषण सन्तोजनक भएको भन्दै संस्थामा मौजुदा तलरतालाई व्यवस्थापन गर्न नयाँ नीति ल्याउन सुझाव दिए । निक्षेप संकलनका नयाँ योजना ल्याउनुका साथै उत्पादनमूलक नयाँ क्षेत्रमा लगानी बढाउनुपर्ने सुझाव उनले दिएका थिए ।