शुक्रबार, कार्तिक ७ गते २०८३

भक्तपुर बचत संघको आयोजनामा कर योजना तालिम


पौष २०, २०८१ शनिबार
भक्तपुर बचत संघको आयोजनामा कर योजना तालिम


भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को तालिम व्यवस्थापन उपसमितिको आयोजनामा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ नेफ्स्कूनको प्राविधिक साझेदारीमा कर योजना तालिम  सम्पन्न भएको छ ।

संघका उपाध्यक्ष हरि कृष्ण बल्लले संस्थाका कर्मचारीहरु सदैब नयाँ ज्ञान सिप सिक्नका लागि जागरुक हुनुपर्ने उनले बताए । उनले संस्थाले तिर्नुपर्ने कर दायित्व समयमा दाखिला गरी दण्ड जरिवनाबाट बचाउने दायित्व कर्मचारीको भएकाले तालिमले दायित्व निभाउन टेवा पु¥याउने उनको भनाई छ । हाल जारी अध्यादेशले कार्यक्षेत्रको आधारमा व्यक्तिगत बचतको सिमा तोक्नुले सहकारीमा बचत फिर्ताको चाप बढ्न गई थप समस्या सिर्जना हुने देखिएकोले तत्काल संशोधन गर्नुपर्ने उनको माग छ । 

संघका संचालक इन्द्रप्रसाद व्यान्जुले संस्थाले तिनुपर्ने कर तथा अन्य विवरणहरु समयमा दाखिला गरी दण्ड जरिवानाबाट बच्न कर्मचारीहरुलाई कर सम्बन्धी ज्ञान हुनु आवश्यक रहेको बताए । उनले सिकेका ज्ञान सिप कार्यरत संस्थामा प्रयोग गरी  अगाडि बढ्न उनको सुझाव छ । संघका प्रमुख कार्यकारी अधिकृत बालकृष्ण धोजुले कर सम्बन्धी तालिम लिएर मात्र नहुने र कर प्राविधिक विषय भएकोले यसको निरन्तर प्रयोग र सिकाई गर्नुपर्ने उल्लेख गरे । उनले हाल जारी भएको अध्यादेशका बारेमा संघमा आबद्ध सदस्य संस्थाहरुसंग छलफल गर्न अन्र्तक्रिया कार्यक्रमको आयोजना गरिएका बताए ।

लेखापरिक्षक प्रद्युमन घिमिरेले करको विषय सिक्न लेखाको ज्ञान हुनुपर्ने बताए । तालिममा सिकेका कुराहरुको अभ्यास नगरिकन सिक्न नसक्ने भएकाले निरन्तर अभ्यास गर्नुपर्ने उनको भनाई छ । उनले कर दाखिला, अग्रिम कर दाखिला, इ टिडिस र इ फाइलिङ्गको प्रयोगात्मक सिकाई समेत गरेका थिए । तालिममा सहभागीहरुले सहकारीले दाखिला गर्नुपर्ने कर, राजश्व शिर्षक, दाखिला गर्ने तरिका, इटि डिस, इफाइलिङ्ग, अनुमानित करदाखिला लगायतका विषयमा प्रयोगात्मक सिकाई भएकोले खुशी व्यक्त गरे । तालिममा संघमा आबद्ध संस्थाहरुका पदाधिकारी, व्यवस्थापक तथा लेखासम्बन्धीत कर्मचारीहरु २५ जनाको सहभागिता रहेको थियो । तालिमको समापन कार्यक्रमको संचालन संघका कर्मचारी रोकेश जोशीले गरेका थिए ।