शनिबार, आश्विन १७ गते २०८३

ॐ साईराम साकोसले सम्पन्न गर्‍यो नवौं साधारणसभा, शेयरपुँजी २ करोड २१ लाख नाघ्यो

आश्विन २५, २०७८ सोमबार
ॐ साईराम साकोसले सम्पन्न गर्‍यो नवौं साधारणसभा, शेयरपुँजी २ करोड २१ लाख नाघ्यो

 

ॐ साईराम बचत तथा ऋण सहकारी संस्थाले नवौं वार्षिक साधारणसभा तथा दशाैं स्थापना दिवस सम्पन्न गरेको छ । संस्थाले गत अशोज २ गतेदेखि सदस्य उपस्थिति पुस्तिका खुला तथा प्रतिवेदन वितरण शुरु गरेको थियो । संस्थाले सदस्यहरुबाट प्राप्त सल्लाहसुझावलाई संकलन गरी सीमित सदस्यको उपस्थितिमा विद्युतीय माध्यमबाट सभा सम्पन्न गरेको हो । सभामा संस्थाका अध्यक्ष सुशील कुमार बस्न्यातले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै काठमाण्डौ जिल्लामा सञ्चालनमा रहेका संस्थाहरुमध्ये उत्कृष्ट र नमूना सहकारी बनाउनका लागि आफुहरु लागिपरेको बताए । सहकारी मुल्यमान्यतालाई आत्मसात गर्दै सदस्यहरुलाई वित्तीय कारोबारको माध्यमबाट सन्तुष्ट बनाउँदै लेखा प्रणालीमा पारदर्शिता एवं छिटोछरितो सेवा दिई संस्था अगाडि बढेको उनले जनाए । 

संस्थाले आथिक वर्ष २०७७।७८ को असार मसान्तसम्म २०२१ सदस्य, २ करोड २१ लाख ६९ शेयरपुँजी, ८४ लाख ९१ हजार जगेडा तथा अन्य कोषहरु १६ करोड ८७ लाख बचत संकलन र १७ करोड ८४ लाख ऋण लगानी गरी २५ लाख १२ हजार सञ्चालन मुनाफा आर्जन गरेको उनले सभालाई जानकारी दिए । संस्थाले यस आ.व.मा निक्षेप तथा शेयरपुँजी वृद्धि गर्ने, लगानीका क्षेत्र पहिचान गरी लगानी वृद्धि गर्ने, ज्येष्ठ सदस्य, उत्कृष्ट कारोबारी र असल ऋणी, उत्कृष्ट बालबचतकर्ता एवं लघुवित्तका उत्कृष्ट समुहलाई सम्मान गर्नेजस्ता कार्यलाई निरन्तरता दिने उनले जनाए । संस्थाका सचिव लोकेन्द्र केसीले स्वागत मन्तब्य राख्दै सदस्यहरुलाई संस्थासँग अझ बढि सहकार्य गरी अगाडि बढाउन आग्रह गरेका थिए । 

संस्थाका प्रमुख कार्यकारी अधिकृत राजाराम बस्नेतले संस्थाले सदस्यहरुको हितलाई उच्च महत्वमा राख्दै सोही अनुसारको योजना बनाएको, सेवालाई सरल, सहज र सदस्यकेन्द्रित बनाउँदै नीति, विधि र प्रविधिमा जोड दिएको उल्लेख गरे । सदस्यसँग रहेको ज्ञान, सीप, अनुभव र पुँजीलाई एकिकृत गरी उत्पादनमुलक, आयमुलक र स्वरोजगार सिर्जना गर्दै उद्यम व्यवसाय गर्न आवश्यक पर्ने रकम प्रदान गर्दै आएको उनले जानकारी दिए । 

लेखासमिति संयोजक प्रदीप अर्यालले समितिको तर्फबाट प्रतिवेदन प्रस्तुत गरेका थिए ।