शुक्रबार, कार्तिक ७ गते २०८३

महाप्रबन्धक थाम्सुहाङद्वारा लिखित ‘सहकारी सञ्चालनमा व्यवहारिक ज्ञान’ सम्बन्धी पुस्तक विमोचन


पौष १२, २०८१ शुक्रबार
महाप्रबन्धक थाम्सुहाङद्वारा लिखित ‘सहकारी सञ्चालनमा व्यवहारिक ज्ञान’ सम्बन्धी पुस्तक विमोचन


राष्ट्रिय सहकारी महासंघकी महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाद्वारा लिखित ‘सहकारी सञ्चालनमा व्यवहारिक ज्ञान’ नामक पुस्तक विमोचन गरिएको छ । महासंघको ३२औं वार्षिक साधारण सभाको अवसरमा आयोजित कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी, महासंघका पूर्व अध्यक्षद्वय केशव बडाल र दीपकप्रकाश बाँस्कोटाले पुस्तक सार्वजनिक गरेका हुन् ।  

पुस्तक विमोचनका क्रममा पूर्व अध्यक्ष बडालले पुस्तक सहकारीकर्मीका लागि अत्यन्तै उपयोगी रहेको बताए । महाप्रबन्धक सुब्बाले छोटो समयमै पुस्तक तयार गरिएको जानकारी गराउँदै सहकारी क्षेत्रमा आवश्यक थप सामग्री तयार पार्ने प्रतिबद्धता व्यक्त गरिन् ।

 उनले  भनिन् “सहकारीमा सैद्धान्तिक विषयमा मात्र बहस हुने गरेको छ । व्यवहारिक पक्षमा बहसको अभाव भएकाले मैले यो पुस्तकमा व्यवहारिक पक्ष समेट्न प्रयास गरेकी छु ।”महाप्रबन्धक सुब्बाको यो दोस्रो पुस्तक हो । यसअघि उनले ‘सहकारीमा २५ वर्षः भोगाइ र अनुभव’ शीर्षकको पुस्तक प्रकाशित गरेकी थिइन् ।