बचत तथा ऋण सहकारी अभियान अब नेपालीहरूको जीवन पद्धति बनिसकेको छ । बचत तथा ऋण सहकारी संस्था समुदायको आधारभूत संस्था हो र औपचारिक वित्तीय क्षेत्र हो । हाम्रा सञ्जालका स्तरहरू बढ्न, सुशासनमा अडिग रहन र जिम्मेवार बन्न आवश्यक छ । स्थिरीककरण कोष मार्फत प्रभावकारी अनुगमन र स्वःनियमनमा राख्ने प्रक्रियाको थालनी भएको छ । यसले निश्चय नै सकारात्मक नतिजा ल्याउनेछ । संविधानको भावना अनुसार सहकारी ऐन मात्र होइन अन्य प्रचलित ऐनहरूमा पनि सुधार गरि सहकारीमैत्री वातावरण निर्माण हुनु जरूरी छ। उत्कृष्ट सहकारिता सहितको वित्तीय सेवा प्रवाह गर्न बचत तथा ऋण अभियान प्रतिवद्ध छ ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि (नेफ्स्कून) सहकारी सिद्धान्तको परिपालना र सदस्यहरूमा प्रवर्द्धन र जागरण प्रथम जिम्मेवारी मान्दछ । अन्तर्राष्ट्रिय सहकारी महासंघले जारी गरेको सात सिद्धान्त, विश्व ऋण परिषद्ले समयसापेक्ष जारी गरेको सदस्य सुरक्षाका सिद्धान्त, सुशासनको सिद्धान्त, स्वस्थ तथा सुरक्षाको सिद्धान्त र सञ्चालनका सिद्धान्तहरू परिपालनमा हाम्रो साकोस अभियान प्रतिवद्ध रहेको छ । यसको कार्यान्वयनका लागि संघले हाम्रा सञ्चालक समितिका सदस्यहरू आबद्ध संस्थाहरूमा सिद्धान्त परिपालनाको अवस्था सुपरिवेक्षण गरी प्रतिवेदन तयार गरेको छ । सुपरिवेक्षणका क्रममा देखिएका सुधारका क्षेत्रहरू औल्याई औपचारिक पत्राचार पनि गरिएको छ ।
सहकारी ऐनको परिपालनामा नेफ्स्कून प्रतिवद्ध छ । सहकारी अभियानमा विगत वर्षभर भएका सबै औपचारिक फोरम, अनौपचारिक छलफल तथा सम्वादहरूमा संघले पहिलो प्राथमिकता सहकारी ऐन, २०७४ को पूर्ण कार्यान्वयन हुनु पर्नेमा चर्चा चलाएको छ । करको दर मात्र होइन सहकारी ऐनका सबै व्यवस्था मुख्य कारोबार देखि कर्जा सूचना केन्द्र सम्म समयमा नै कार्यान्वयनमा जानुपर्ने संघको जिकिर रहेको छ । यहाँहरूको साथ र सहयोगमा संघले यसका लागि निरन्तर अभियानको तर्फबाट पैरवी गरेको छ ।
नेपाल राष्ट्र बैंक समेतको संलग्नतामा सहकारी विभागद्वारा नेफ्स्कूनको अनुगमन / सुपरिवेक्षण इतिहासमा पहिलो पटक भएको छ । यसबाट संघले प्राविधिक र नीतिगत रूपमा सुधार गर्नु पर्ने सुझावहरू प्राप्त भएका छन् र सबै सुझावहरू संघले चालु योजनामा समावेश गरी कार्यान्वयनमा लगिएको छ । यसबाट संघको वित्तीय स्वास्थ्यमा सुधार आउने निश्चित छ । चालु आ.व. मा संघको राष्ट्रिय सहकारी महासंघबाट पनि अनुगमन सम्पन्न गरिएको छ । राष्ट्रिय सहकारी महासंघबाट सहकारीता प्रवर्द्धन र संरक्षणका लागि समेत सुझावहरू प्राप्त भएका छन् । सबै सुपरिवेक्षणका सुझावहरूलाई सघले उच्च प्राथमिकताका साथ कार्यान्वयन गर्दै लैजानेछ ।
बचत तथा ऋण सहकारी संस्थासम्बन्धी स्थिरीकरण कोष स्थापना तथा सञ्चालन कार्यविधि, २०७६ पहिलो संशोधन भइ कार्यविधिले तोकेका कार्यहरू गर्न आवश्यक विधि, प्रक्रिया र ढाँचा स्वीकृत गर्ने अधिकार सञ्चालन समितिमा आएको छ । यसबाट दैनिक रूपमा आवश्यक ढाँचाहरू विकास गरी चालु आ.व. बाट कोषका सेवाहरू सञ्चालन शुरु भएको छ । संस्थालाई कोषमा आवद्ध हुन म अपिल पनि गर्न चाहन्छु ।
नेफ्स्कूनले स्थानीय, प्रदेश तथा संघीय सरकारसँगको समन्वयलाई निरन्तरता दिइएको छ । संघको साधन, स्रोत तथा क्षमतामा आधारित भई औपचारिक वा अनौपचारिक रूपमा समन्वयलाई अघि बढाएको छ । बचत तथा ऋण सहकारी अभियानको दिगो र सुरक्षित गन्तव्यको रूपमा अभियानको सञ्जालीकरणलाई राखिएको छ । सेवाहरूको सञ्जालीकरण तथा स्तरीकरण मार्फत सदस्यहरूको बचत सुरक्षा गर्न अभियान सक्षम रहने विश्वास हाम्रो छ ।
बचत तथा ऋण सहकारी अभियान प्रवर्द्धन तथा संरक्षणका लागि आवश्यक ज्ञान, सीप र क्षमता विकासका लागि संघले राष्ट्रिय, अन्तर्राष्ट्रिय, भौतिक तथा अभौतिक सिकाइका अवसर सृजना र विस्तारका कार्यहरूलाई निरन्तरता दिइएको छ । सञ्जाल भित्र र बाहिर पनि सिकाइको अवसर विस्तार गर्दै लैजाने योजना रहेको छ ।
वित्तीय साक्षरता, वित्तीय शिक्षा, व्यवसायिक साक्षरता, व्यवसाय विकास सेवा जस्ता पक्षहरूको प्रवर्धनमार्फत् सञ्जालको स्रोत उत्पादनमा जोड्ने प्रयास गरिएको छ । अभियानको स्रोत व्यक्तिगत सदस्यहरूको व्यवसाय विकास, बचत नेफ्स्कून र उत्पादन बृद्धिका लागि लगाउन संघ निरन्तर सक्रिय रहनेछ ।
बचत तथा ऋण सहकारी अभियानका सवालहरूको रूपमा अन्तर्राष्ट्रिय सहकारी महासंघ र दिगो विकास लक्ष्यलाई एजेण्डा ईन एक्सनलाई स्वीकार गरी प्रवर्द्धन गरिएको छ । संयुक्त राष्ट्र संघको महासभा २०२४ बाट घोषित अन्तर्राष्ट्रिय सहकारी वर्ष २०२५ का कार्यक्रमहरू सरकार र सञ्जालको सहकार्यमा कार्यान्वयन गरिनेछ । बचत तथा ऋण सहकारीहरूका लागि वित्तीय सहकारी ऐनका लागि एकीकृत पैरवी रहने छ।
नेपालपत्र संवाददाता