उपासना महिला बचत तथा ऋण सहकारी संस्था लिगको १५औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले अमरावति बलामी महर्जनको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरेको छ ।
संस्थाको उपाध्यक्षमा तुलसा खड्का, सचिवमा मैया चापागाई र कोषाध्यक्षमा राखी खनाल चयन भएका छन् । संस्थाको सञ्चालक समिति सदस्यहरुमा रामप्यारी श्रेष्ठ , आरती चित्रकार र अर्चना मानन्धर चयन भएका छन् । त्यस्तैगरी लेखा सुपरीवेक्षण समिति संयोजकमा शोभा लामा थापा मगर तथा सदस्यहरुमा सोना सापकोटा र पनिता महर्जन रहेका छन् ।
संस्थाले सदस्यहरुको हितको लागि काम गर्ने बताउँदै अध्यक्ष महर्जनले आगामी दिनमा नयाँ योजनाका साथ अगाडि बढ्ने उल्लेख गरिन् । सभामा १ हजार १२० जना सदस्यहरुको सहभागिता रहेको थियो । सभामा सदस्यहरूको बीचमा वर्षभरिका हिसाबकिताब एवं संस्थाले गरेको क्रियाकलाप वारेमा वृहत छलफल गर्दै आगामी दिनका लागि प्रस्तावित योजनाहरू माथि छलफल गरी सदस्यहरूको राय सुझावका आधारमा बन्द सत्र समापन गरिएको थियो।

सभामा सञ्चालक समिति र लेखा सुपरीवेक्षक समितिको प्रतिवेदन प्रस्तुत गरिएको थियो । संस्थाकी अध्यक्ष अमरावति बलामीको सभापतित्वमा भएको साधारण सभाको पमुख अथिति महिला अभियान्ता एवं समाजसेवी सिर्जन सिंह रहेकी थिइन् । त्यसैगरी विशेष अथितिमा जिल्ला सहकारी संघ काठमाडौंकी महिला उपाधयक्ष विष्णु कुमारी चौलागाई,कास्कून लेखा सुपरीवेषण समिति संयोजक अनिता अधिकारी र नागार्जुन नगरपालिका सहकारीविभाग प्रमुख सिता अर्याल रहेकी थिइन् ।

नेपालपत्र संवाददाता