शनिबार, आश्विन १७ गते २०८३

न्याय माग्न हिडेका बाँकेका महिलाहरुमाथि नै अन्याय 

आश्विन २३, २०७८ शनिबार
न्याय माग्न हिडेका बाँकेका महिलाहरुमाथि नै अन्याय 

khanruby.jpg
काठमाण्डौ । बाकेदेखि १९ दिन पैदल हिडेर मानबाधिकारबादी महिला रुबी खाँनको नेतृत्वमा न्याय माग्न काठमाण्डौ आएका १४ सदस्यीय टोलीलाई हिजो माइतिघर मण्डलाबाट लछारपछार पारेर प्रहरीले पक्रँदा ६÷७ जना महिलालाई घाउ चोट लागेर राती बीर अस्पतालमा उपचारका लागि लगिएको ११ जना महिलासहीत १४ जनाको समूहले जानकारी दिएको छ ।  पक्राउ गरिएका महिलाहरुमध्ये कतिपयलाई रानीबारी स्थित मानब सेवा आश्रममा लगिएको थियो भने भने महिला अधिकारकर्मी रुबी खाँनलाई भने लैनचौर सोह्रखुट्टे स्थित प्रहरी बृत्तमा हिरासतमा राखिएको महिला अन्दोलनकारी सकिना तेलीले बताएकी छन् । उनीहरु अहिले माइतीघर मण्डलामा धना बसिरहेका छन् । न्याय नपाएसम्म आन्दोलन नछोड्ने र बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म उनीहरु धर्ना बस्ने जनाएका छन् । साथै उनीहरुले महिला अधिकारकर्मी रुबी खानलाई तुरुन्त छोड्न पनि जोडदार माग गरेका छन् ।

Nep-ktm.jpg

यसरी न्याय माग्न आएका महिलाहरुको धरपकड र दमन गरेर उनीहरुमाथि नै अन्याय भएको छ । उनीहरुले बाँकेको नेवाजी गाउकी ननकुन्नी धोबी घरेलु हिंसामा परेर मृत फेला परेकी र परस्पुर गाउँकी महिला निर्मला कुर्मी हराएकोमा बाँके प्रहरी प्रशासनले बिश्वासिलो र चित्तबुझ्दो अनुसन्धान र कारबी नगरेको भन्दै न्याय माग्न काठमाण्डौ आएका थिए र हिजोदेखि माइतीघरमा धर्नामा बस्न ब्यानरहीत उपस्थित भएका थिए । त्यहीबाट उनीहरू पक्राउन परेका थिए ।