शुक्रबार, कार्तिक ७ गते २०८३

वडा स्तरीय महिला सञ्जालको दोश्रो साधारणसभा सम्पन्न, दीगो विकासका कार्यक्रममार्फत महिलालाई सक्षम बनाउँदै 

आश्विन २२, २०७८ शुक्रबार
वडा स्तरीय महिला सञ्जालको दोश्रो साधारणसभा सम्पन्न, दीगो विकासका कार्यक्रममार्फत महिलालाई सक्षम बनाउँदै 

 

ललितपुर महानगरपालिका वडा नं ११ मा स्थापना भएको वडा स्तरीय महिला सञ्जालको दोश्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । सञ्जालकी संयोजक आपुलु शाक्यको सभापतित्व एवं नेकपाकी नेतृ राधिका शाक्यको प्रमुख आतिथ्यतामा साधारणसभा एवं विजयादशमी, शुभदीपावली एवं नेपाल सम्वत्को अवसरमा शुभकामना आदानप्रदान समेत भएको हो । 

कार्यक्रमका विशिष्ट अतिथिमा नेकपा एमालेका केन्द्रिय इन्चार्ज शुशिला नेपाल ,नेकपा एमालेका जिल्ला अध्यक्ष हरि कृष्ण ब्यन्जन्कार, नेकपा एमालेका महानगर अध्यक्ष आस्था शाक्य ,नेकपा क्षेत्रीय अध्यक्ष अस्तबिर ब्यन्जन्कार र प्रदेश सांसद ज्ञानेन्द्र शाक्यले शुभकामना मन्तब्य दिएका थिए । सञ्जालकी संयोजक आपुलु शाक्यले आ.व. २०७७।७८ को वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष अमुल्यदेवी शाक्यले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । 

२०७५ सालमा स्थापना भएको महिला सञ्जालमा वडा भित्रका १९ वटा महिला समुह आवद्ध रहेको सहसंयोजक शान्तालक्ष्मी खड्गीले बताइन् । ‘जहाँ महिला त्यहाँ समृद्धि’ भन्ने नाराका साथ सञ्जालले वडा भित्रका महिलाहरुलाई लक्षित दीगो विकासका कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ भने समुहको माग अनुसार विभिन्न किसिमका तालिम समेत प्रदान गर्दै आएको उनले बताइन् । महिलालाई हरेक क्षेत्रमा सबल, सक्षम र समृद्ध बनाउने उद्देश्य सञ्जालको रहेको  छ । 

 

woda sanjal.jpgwoda san jal.jpg