शुक्रबार, कार्तिक ७ गते २०८३

जनउपकार साकोसको २२औं साधारणसभा, स्थानीयको आर्थिकसामाजिक उत्थानमा संस्थाको भूमिका

आश्विन २२, २०७८ शुक्रबार
जनउपकार साकोसको २२औं साधारणसभा, स्थानीयको आर्थिकसामाजिक उत्थानमा संस्थाको भूमिका

 

दोलखाको गौरीशंकर गाउँपालिका २ मा रहेको जनउपकार बचत तथा ऋण सहकारी संस्थाले २२औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष  लोकेन्द्र प्रकास खड्काको अध्यक्षता तथा गौरीशंकर गाउँपालिका उपाध्यक्ष उर्मिला थामी को प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको हो । 

सभामा बोल्दै अध्यक्ष खड्काले संस्थालाई आधुनिक र प्रविधि मैत्री बनाउन क्यूआर कोड प्रयोगमा ल्याउनुका साथै फिल्डबाट नै डाटा इन्ट्री गर्ने लक्ष्य लिएको बताए । संस्थाले यस अघि नै मोबाइल बैंकिक र मोबाइल मिस्डकल रिचार्ज सेवा सञ्चालनमा ल्याइसकेको उनले बताए । २०५४ मा स्थापना भएको संस्थाले आफ्नो कार्यक्षेत्र भित्रका हजारौं सदस्यको आर्थिक तथा सामाजिक उत्थानमा उल्लेख्य भूमिका खेल्दै आएको अध्यक्ष खड्काले जनाए । संस्थाले सदस्यलक्षित कार्यक्रम अन्तर्गत सदस्य सुरक्षण कोष खडा गरी सुत्केरी भत्ता, काजकिरिया खर्च, वृद्धभत्ता, वृद्ध तथा अपाङ्ग सम्मान जस्ता सुविधा प्रदान गर्दै आएको छ । संस्थाले झ्याँकु र सूरीको इबिथानमा सदस्य सेवा केन्द्र सञ्चालनमा ल्याई सदस्यहरुलाई सेवा दिइरहेको छ । 

गत असार मसान्तसम्म संस्थाको शेयरपुँजी २ करोड ४७ लाख, जगेडाकोष १ करोड ३२ लाख र अन्य कोषहरुमा १ करोड ३४ लाख, बचत संकलन २६ करोड २४ लाख र ऋण लगानी १९ करोड २३ लाख गरेको छ । संस्थाले व्यवसायिक, घर, सामाजिक, अर्जेन्ट लगायतका शीर्षकमा सदस्यहरुलाई कर्जा दिँदै आएको छ ।  

संस्थाले अशोज १६ गते देखि २२ गतेसम्म विभिन्न स्थानमा सदस्य सहजताका लागि प्रतिवेदन वितरण तथा उपस्थिति पुस्तिकामा हस्ताक्षर गर्ने कार्य खुला गरी सभा सम्पन्न गरेको हो । 

janaupkar 1.jpg