शुक्रबार, कार्तिक ७ गते २०८३

भिमेश्वर बहुउद्देश्यीय सहकारी संस्थाको २६ औं साधारण सभा ,४६ करोड कुल सम्पत्ति पुर्‍याउन सफल


मंसिर २, २०८१ आइतबार
भिमेश्वर बहुउद्देश्यीय सहकारी संस्थाको २६ औं साधारण सभा ,४६ करोड कुल सम्पत्ति पुर्‍याउन सफल

दोलखाको तामाकोशी गाउँपालिका -१ भिरकोटमा रहेको भिमेश्वर बहुउद्देश्यीय सहकारी संस्थाको २६ औँ वार्षिक साधारणसभा  सम्पन्न भएको छ । संस्थाले सदस्यहरुको सहजताको  लागि एकाईगत रुपमा साधारण सभाको आयोजना गरी गत  शुक्रबार निर्णण प्रमाणिकरण सभाको आयोजना गरेको हो ।

साधारणसभा संस्थाका अध्यक्ष सिताराम उप्रेतीको अध्यक्षता तथा तामाकोशी गाउँपालिका अध्यक्ष प्रोणप्रताप केसीको  प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
साधारणसभामा संस्थाका अध्यक्ष सिताराम उप्रेतीले वार्षिक प्रतिवेदन प्रस्तुत  गर्दै २०५२ सालमा २५ रुपैयाँ बचतबाट  सुरु गरिएको  संस्थाको कुल  सम्पत्ति ४६ करोड ६० लाख ७० हजार  पुगेको  बताए ।

 संस्थाले गत आर्थिक बर्षके असार मसान्तसम्म  संस्थाको शेयर पुँजी ३ करोड ३७ लाख ७१ हजार  पुगेको भने, जगेडा तथा अन्य कोषतर्फ ४ करोड १२ लाख  रहेको छ । बचत  संकलन  ३६ करोड ३० लाख २५ हजार  गरी सोही मात्रामा सदस्यहरु माझ ऋण लगानी गरेको छ ।संस्थाले संचालन गरेको धाना उद्योगबाट २८ लाख २२ हजार आम्दानी गरेको संस्थाका प्रमुख व्यवस्थापक उदय कटुवालले  सभामा जानकारी दिए । संस्थाले २६औँ वार्षिक साधारण सभाको अवसरमा असल ऋणी,नियमित बचतकर्ता,एसईई उत्कृष्ट विद्यार्थी,संस्थाका कर्मचारी,संस्थापक संचालक लगायत विभिन्न विधामा आफ्ना सदस्यहरुलाई नगदसहित सम्मान गरेको थियो  ।  

अक्षयकोष  मार्फतको रकमवाट जेहेन्दार सदस्य र विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको थियो। संस्थाले विशेष गरी कृषि,व्यापार,पशुपालन,व्यवसाय सञ्चालन,जग्गा खरिद,वैदेशिक रोजगार लगायतका क्षेत्रमा ऋण लगानी गर्दै आएको छ। संस्थामा हाल ६ हजार ९ सय पाँच जना शेयर सदस्य र २ हजार ६ सय ७३ जना बाल बचत कर्ता आबद्ध रहेका छन्।