शुक्रबार, कार्तिक ७ गते २०८३

चीनसँगको लडाईमा पराजित हुँदा नेहरुले झेल्नु परेको कठिनाई र चिन्ता


कार्तिक २९, २०८१ बिहीबार
चीनसँगको लडाईमा पराजित हुँदा नेहरुले झेल्नु परेको कठिनाई र चिन्ता

बृटिश साम्राज्यबाद बिरुद्धको भारतको स्वतन्त्रता संग्रामको बिजय पछि १६ बर्षसम्म पण्डित जवाहरलाल नेहरु भारतको प्रधानमन्त्री रहेको कुरा सबैलाई थाहा छ । उनलाई ‘आधुनिक भारतका निर्माता’ पनि भनिन्छ । तर उनका अन्तिम बर्षहरु निकै चिन्ताजनक र आघातपूर्ण बर्षहरुकारुपमा बिते । बिशेष गरी १९६२ को चीनसँगको युद्धमा भोग्नु परेको अपमानजक पराजयले नेहरुले आफुलाई  अत्यन्तै कमजोर ठानेको कुरा धेरै कमलाई मात्र थाहा होला ।
 बीबीसीका चर्चित एक सम्बाददाता रेहाना फजलले नेहरुको पुण्य तिथिका सन्दर्भमा दुइ बर्ष पहिला २०२२ मा लेखेको एउटा लेखमा भनेका छन् – ‘१९६२ मा चीनसँग भएको लडाईले उनलाई तोडेर राखिदिएको थियो र त्यसबाट परेको आघातबाट उनी मुक्त हुन सकेका थिएनन’ । त्यसको परिणाम कस्तो भयो भन्ने बारेमा फजलले भनेका छन् –‘उनको पुरानो शारीरिक शक्ति, बौद्धिक कौशलता र नैतिक चमक बितेको समयको कुरा हुन पुग्यो र उनी निराश र थकित देखिन थालेका थिए, उनको काँध झुकेको देखिन्थ्यो र उनका आँखा पनि मलिन जस्ता देखिन थालेका थिए । उनको चालमा पहिला जुन तेजस्वीता थियो त्यो पनि लुप्त भएको थियो’ . सन् १९६४ लाग्दा नलाग्दै उनको स्वास्थ्य सम्वन्धि समस्या अझ गम्भीर हुन गयो । त्यति हुँदा हुदै पनि उनी भुबनेश्वरमा भइरहेको काग्रेसको बार्षिक सम्मेलनमा भाग लिन गए । त्यस सम्मेलनमा ८ जनवरी १९६७ का दिन उनले बोल्नु पर्ने थियो । तर त्यसका लागि उनलाई सम्बोधन गर्न बोलाइदा उनी उठे तर लडखडाएर अघिल्तिर लडे र उठ्न सकेनन् । त्यतिबेला त्यहा उपस्थित उनकी छोरी इन्दिरा गान्धिले सम्मेलनका स्वयं सेवक अन्य नेताहरुको सहयोमा उनलाई उठायन् र सम्हालिन् । केही बेर पछि चिकित्सकहरुले स्वास्थ्य परीक्षण गर्दा उनको शरीरको बायाँ भाग पक्षघातको शिकार बनिसकेको थियो ।
भुवनेश्वरमा यस्तो नाजुक स्थितिमा पुगेपछि गहिरो चिन्ताकासाथ सम्यक उपचारका लागि उनलाई राजभवनमा लगियो । तर चिकित्सकहरुले सघन कोशिश गर्दा पनि उनले स्वास्थ्यलाभ लिन सकेनन् । त्यसले गर्दा उनको स्थगित भाषण दिन सम्मेलनमा जान पनि सकेनन् । १२ जनवरीका दिन उनी अस्त ब्यस्त स्थितिमा दिल्ली फर्किए  । अनि चिकित्सहरुले उनलाई अपरान्हका बेला केही घण्टा सुत्ने आदत बनाएमा राम्रो हुन्छ भन्ने सल्लाह दिए । अन्यथा सामान्यतः उनले १७ घण्टा काम गर्ने गरेका थिए । अब अपरान्हमा सुत्दा उनको ५ घण्टाको समय कटौति भयो । उनलाई त्यसको लाभ पनि मिल्यो । २६ जनवरीसम्ममा उनको स्वास्थ्यमा निकै सुधार देखियो । अनि त २६ जनवरीको समारोहमा उनले भाग लिन सक्ने पनि भए । 

nehru.jpg
तर फेरि चाडै ने उनको शक्ति क्षीण हुन थाल्यो । जसले गर्दा फेब्रुअरीमा आयोजित भारतीय संसदको त्यस बर्षको सत्रमा उनले बसी बसी सम्बोधन गर्न बिवश हुनुप¥यो । यद्यपि उनले आत्मबिश्वास गुमाएका थिएनन् अनि गर्मी आउँदासम्म उनले यत्तिका शक्ति आर्जित गरिसकेका थिए कि कसैको पनि सहारा नलिइकन सामान्य दिनचर्या गर्न सक्ने भए । त्यो उनको आत्मबिश्वास नै थियो कि आफ्नो निधन हुनुभन्दा मात्र पाँच दिन पहिला २२ मेका दिन एउटा सम्बाददाता सम्मेलनमा जुन उनको जीवनको अन्तिम अन्तिम सम्बादाता सम्मलन बन्न पुग्यो, पत्रकारहरुले बारम्बार ‘नेहरु पछि को’ भनेर सोध्न थाले । त्यसमा नेहरुले झर्केजस्तो गरेर भनिदिए कि ‘म यति चाँडै मर्नेवाला छैन’ । तर खुसुक्र आएको मृत्युले उनको त्यो दाबीलाई गलत सिद्ध गरिदियो ।
त्यो अन्तिम सम्बाददाता सम्मेलनभन्दा एक दिन पहिला उनी छोरी इन्दिराकासाथ छुट्टी मनाउन देहरादुन गएका थिए । त्यहाँ बाट २६ मेका दिन उनी फर्किए । अनि आवश्यक काम सकेर निन्द्रा लाग्ने औषधी खाएर सुते । तर बिहान बिउँझिएर उठ्दा उनको ढाड बेस्सरी दुखेको पाए । चिकित्सक उनी नजिक पुग्दा उनको अबस्था नाजुक भइसकेको थियो । डक्टरले कुनै उपचार शुरु गर्नुभन्दा पहिला नै उनी बेहोश भइसकेका थिए । पछि थाहा भयो कि उनको ठूलो धमनी(नसा) फुटेको थियो । प्राण रक्षाका निम्ति उनलाई तुरुन्तै रगत दिनुपर्ने भयो । तर रगत दिन खोज्दाखोज्दै नेहरु ‘कोमा’स्थितिमा पुगिसकेका थिए । कतिपय रिपोर्टका अनुसार त्यसै बिचमा उनलाई फेरि पक्षघात पनि भएको थियो । त्यसपछि उनी हृदयाघातबाट पनि प्रताडित हुन पुगे । यस्तै बेहोशीकै अबस्थामा नै उनले अपरान्ह २ बजेतिर जीवनको अन्तिम श्वास लिन पुगे ।
भारतीय रेडियो आकाशबाणीले उनको देहाबसानको खबर दिए पछि भारतैभरी शोकको लहर फैलियो । यद्यपि त्यस दिन गौतम बुद्धको जन्म जयन्ति परेको थियो । अनि के कुरा पनि यस बारेमा जोडियो भने जुन दिन गौतम बुद्धले यस संसारमा आउन रोजेका थिए त्यसै दिन नेहरुले यो संसार छाडेर जान रोजे । त्यस घटनाको बारेमा भारतीय एक कबिले लेखे पनि ‘हल्लियो हिमालय, पग्लियो पत्थर, मच्चियो हाहाकार’ जस्तो स्थिति पैदा भयो । नेहरुले आफ्नो इच्छापत्रमा लेखेका थिए कि उनको अन्त्येष्टिमा कुनै प्रकारको धार्मिक रीति रिवाजको पालना नगरियो । तर २९ मेका दिन हिन्दू रीति रिबाजबाटै उनको अन्तिम संस्कार गरियो  । अनि पछिबाट उनको इच्छापत्र अनुसार नै उनको अस्थि खरानी भारतीय बायु सेनाका बिमानहरुले सबै राज्यमा छरे र त्यो खरानी  भारतीय किसानहरुको खेतमा पनि छरियो ।