बाइबल मेरो ग्रन्थ होइन, न ईसाई धर्म मेरो इलम हो; ईसाई धर्मका लामा जटिल जडसूत्र भनाईमा मैले कहिल्यै सम्मति दिन सकिनँ....: अब्राहम लिंकन
अब्राहम लिंकन (१८०९–१८६५) संयुक्त राज्य अमेरिकाका १६ औँ राष्ट्रपति (१८६१–१९६५), राजनेता र कानुन व्यवसायी पनि हुन् । यिनले अमेरिकी गृहयुद्ध, संवैधानिक र राजनीतिक संकटका बेला अमेरिकालाई नेतृत्व दिएका थिए।
उनले अमेरिकाको संघात्मक प्रणालीलाई सुदृढ बनाए, दासत्व उन्मूलन गरे । काला जातिलाई दास बनाउने प्रथाको उन्मूलन नगरेको भए काला जातिको बाहुल्य रहेका दक्षिणका सात राज्यहरु संयुक्त राज्यबाट अलग हुने गृहयुद्ध मच्चिसकेको थियो । गृहयुद्ध र बिखण्डन रोक्ने उद्देश्यले लिंकनले दास प्रथा उन्मुलन गरे र दक्षिणका ७ वटा राज्यलाई संयुक्त राज्यबाट छुट्टिन बचाए । अर्थतन्त्रको आधुनिकीकरण र व्यवस्थित बैंकिङ पद्धतिको विकास गरे ।

यिनी केन्टुकी राज्यमा खेतको एक कोठे काठको झुपडी (हे.फोटो) मा जन्मेका थिए । यिनैका पालामा अमेरिकी संविधानको तेह्रौं संशोधनद्वारा दास प्रथाको उन्मूलन भयो । १८६५ अप्रिल १४ का दिन जोहन वाइक्स् बूथ नामक दासप्रथा उन्मुलन नचाहने समुदायको पक्षधर गोराले उनको हत्या गर्यो र भोलीपल्ट आफू पनि मर्यो ।
विद्वान र सर्वसाधारण सबै अमेरिकीहरू उनलाई महान राष्ट्रपतिमध्येका एकका रुपमा मान्दछन् ।
राष्ट्रपतिको हैसियतमा सपथग्रहण गरेको बेला बाईबलमा हात राखेर सपथ लिए पनि, उनी धर्मको बारेमा तटस्थ नै थिए । आईतबारको नियमित प्रार्थनासभामा सरिक हुन चर्च गएनन् ।
उपरोक्त भनाई उनका भाषण र आलेखको संगालो (Abraham Lincoln, Speeches and Writings 1832–1858) बाट झिकिएको हो ।
"The Bible is not my book nor Christianity my profession. I could never give assent to the long, complicated statements of Christian dogma."
चन्द्रमणि गाैतम