शुक्रबार, कार्तिक ७ गते २०८३

चन्द्रागिरि साकाेसकाे शुभतारा सेवाकेन्द्रकाे उद्घाटन्

आश्विन २२, २०७८ शुक्रबार
चन्द्रागिरि साकाेसकाे शुभतारा सेवाकेन्द्रकाे उद्घाटन्

 

चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाले शुभतारा सेवाकेन्द्र उद्घाटन गरेको छ । साविक शुभतारा बहुउद्धेश्यीय सहकारी संस्था लि. र चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था लि. बी एकीकरण प्रकृया सम्पन्न भई ललितपुरको सातदोबाटोमा उक्त सेवाकेन्द्र सञ्चालनमा आएको हो । 

राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले सेवाकेन्द्र उद्घाटन गरेका हुन् । सेवाकेन्द्रको उद्घाटनको अवसरमा  थप २१० जना नयाँ व्यक्तिहरुले संस्थाको सदस्यता लिएका छन् । 

कार्यक्रमका प्रमुख अतिथि के बी उप्रेतीले चन्द्रागिरि साकोसले सहकारी अभियानमा सकारात्मक सन्देश जाने गरी सदस्यहरुलाई सेवा व्यवस्थापन गरेकोमा  खुसी व्यक्त गरे । चन्द्रागिरि साकोसले सहकारी क्षेत्रको छवि राम्रो बनाउन योगदान हुने गरी अगाडि बढ्नु पर्नेमा उनले जोड दिए । 

कार्यक्रममा महामञ्जुश्री आवास विशिष्टीकृत सहकारी संघका अध्यक्ष मुकुन्दप्रसाद दहाल, जिल्ला सहकारी संघ ललितपुरका अध्यक्ष माधव दुलाल र नेपाल पर्यटन केन्द्रिय सहकारी संघका अध्यक्ष रामशरण शर्मा घिमिरेले पनि शुभकामनाकासाथ आआफ्ना धारणा व्यक्त गरेका थिए । 

कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठले संस्थाको संक्षिप्त परिचय, वस्तु तथा सेवा र भावी योजनाको बारेमा प्रस्तुत गरेका थिए । 

त्यसैगरी सञ्चालक तथा सेवाकेन्द्र व्यवस्थापन उप समितिका संयोजक ऋषिराम घिमिरेले चन्द्रागिरि र शुभताराको एकीकरण सम्बन्धी पृष्ठभूमिको चर्चा गरेका थिए । संस्थाका अध्यक्ष योगेन्द्र कुँवरले उक्त क्षेत्रमा सदस्यहरुलाई सन्तुष्टि हुने गरी सेवा प्रदान गरिने विषयमा प्रकाश पारेका थिए । 

chandragiri 2.jpg