सन् २०२४ को दश महिनामा सवा नौ लाख बढी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका यस अवधिमा विभिन्न देशका नौं लाख ४१ हजार ३२ विदेशी पर्यटक नेपाल भ्रमणमा आएको जनाकारी दिएको छ । बोर्डका अनुसार एक महिना अर्थात अक्टोबरमा एक लाख २४ हजार ३९३ विदेशी पर्यटन नेपाल भित्रिएका हुन् । उक्त संख्या सन् २०२३ को सोहि अवधिको तुलनामा ६।०४ प्रतिशत बढी हो । गत वर्षको अक्टोबरमा एक लाख १७ हजार ३०६ जना विदेशी पर्यटक नेपाल आएका थिए ।
बोर्डका अनुसार सन् २०२२ को अक्टोबरमा ८८ हजार ५८२ जना, सन् २०२१ मा २३ हजार ३३८ जना, सन् २०२० मा २ हजार २५ जना र सन् २०१९ मा एक लाख ३४ हजार ९६ जना पर्यटक भित्रिएका थिए । सन् २०२४ को जनवरीमा ७९ हजार १००, फेब्रअरीमा ९७ हजार ४२६ मार्चमा १ लाख २८ हजार १६७, अप्रिलमा १ लाख ११ हजार ३७६, मे मा ९० हजार २११ पर्यटक नेपाल भित्रिएका छन् । त्यस्तै जुन महिनामा ७६ हजार ७३६, जुलाईमा ६४ हजार ५९९, अगस्टमा ७२ हजार ७१९ जना, सेप्टेम्बरमा ९६ हजार ३०५ जना र अक्टोबरमा एक लाख २४ हजार ३९३ पर्यटक नेपाल भित्रिएका हुन् ।
सन् २०२४ को अक्टोबरमा सबैभन्दा बढी भारतीय पर्यटक आएका छन् यस अवधिमा भारतबाट १६ हजार ३१३ जना नेपाल आएका हुन् । भारतीय पर्यटक १३।११ प्रतिशत रहेका छन् । त्यस्तै सोही अवधिमा चीनबाट सात हजार ७५०जना, अमेरिकी पर्यटक १६ हजार २३ जना, बेलायतबाट आठ हजार १९ जना, बंगलादेशबाट चार हजार ७४६ जना, जर्मनीबाट ६ हजार १८ र इटालीबाट २ हजार ६३५ जना पर्यटक नेपाल आएका छन् ।
त्यसैगरी अक्टोबरमा अष्ट्रेलियाबाट छ हजार ९२९ जना फ्रान्सबाट ५ हजार ४८५ जना र श्रीलंकाबाट तीन हजार १२५ जना विदेशी पर्यटक नेपाल आएको पर्यटन बोडले जनाएको छ ।
नेपालपत्र संवाददाता