शनिबार, आश्विन १७ गते २०८३

महामारी नियन्त्रण गर्न स्थानीय ब्यपारीद्वारा औषधी सहयोग 

आश्विन २१, २०७८ बिहीबार
महामारी नियन्त्रण गर्न स्थानीय ब्यपारीद्वारा औषधी सहयोग 

शहबाज खाँन

कृष्णानगर/कपिलवस्तु
कृष्णानगरमा फैलिएको झाड़ा पखला महामारी लाई नियन्त्रण गर्नामा औषधीको अपुग नहोस् भन्दै सोना प्राेपर्टीज प्रा.लि.का संचालक इस्लाम खानले शिवराज अस्पताल‌लाई औषधी तथा खानेपानी सहयोग गरेका छन्।

 खानले आज विहाना शिवराज अस्पतालमा पुगी शिवराज अस्पतालका डाक्टर मुकेश चौधरी समक्ष औषधी तथा खानेपानी हस्तान्तरण गरेका छन्। अवश्यक परेको ठाउँमा अ -आफ्नो स्तरबाट सहयोग गरी यस महामारी समस्याको अन्त गर्ने तिर लाग्नुपर्ने सोना प्राेपर्टीज प्रा.लिका प्रोप्राइटर इसलाम खांनले आग्रह गरेका छन्। यसैगरी आउने दिनमा अवश्यक पर्यो भने थप सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका छन।

Aaushadhi2.jpg

खानले 500 pcs -RL , 2000 pcs-jeewan jal , 250 pcs-NS , 75 PCs-metro injection , 75 PCs- cipro injection , 360 PCs- water bottle लगायत  समाग्री शिवराज अस्पतालका डाक्टर मुकेश चौधरीलाई हस्तान्तरण गरेका थिए । 

उक्त समाग्री हस्तान्तरणको क्रममा कृष्णानगर नपा ८ का अध्यक्ष नुर मोहम्मद, युवा नेता तुफेल आलम, औषधी व्यवसायी नसरुल्ला खां, नगरपालिका कर्मचारी साकिर आलम लगायतको उपस्थिति रहेको थियो ।