नेपाल उद्योग परिसंघका पूर्व उपाध्यक्ष बसन्तराज मिश्रको निधनको भएको छ । मिश्रको निधनले स्तब्ध बनाएको उद्योग परिसंघले जनाएको छ । मिश्रको ७० वर्षको उमेरमा आज विहान निधन भएको परिवारले जनाएको छ ।
चार दशक बढी समयदेखि नेपालको पर्यटन उद्योगमा सक्रिय मिश्रको निधनले नेपालको पर्यटन उद्योगले एक कर्मठ, निष्ठावान तथा अभिभावक गुमाएको छ ।नेपालको पर्यटन उद्योगका विषयमा सधै चिन्ता र चासो राख्ने मिश्रले विदेशी पर्यटक नेपाल भित्र्याउन खेलेको भूमिका महत्वपूर्ण छ । टेम्पल टाइगर ग्रुप एण्ड कम्पनीका संस्थापक मिश्र सन् २०१३ देखि सन् २०१६ सम्म परिसंघको उपाध्यक्ष थिए ।
नेपालपत्र संवाददाता