पूर्व बैंकर अनिल केशरी शाहले सहकारीमा रहेको ठूलो रकम राख्नेहरुमाथि पनि छानविन गर्न माग गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता समेत रहेका शाहले काठमाडौंको माइतीघरमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै सहकारीमा अबौै रकम राख्नेहरुको सम्पत्तिको स्रोत समेत खोजी हुन पर्ने बताएका हुन्।
उनले भने, ‘दैनिक ज्यालादारी र साना साना व्यापार गरेर बस्नेहरुको रकमलाई राज्यले तत्काल ब्याज तथा क्षतिपूर्ति सहित उठाउन राज्यले ब्यावस्था गर्न पर्यो र सहरकारीमा अर्बौ राखेर ब्याज खानेहरुमाथि भने अर्को छानविन गर्न पर्छ ।’ उनले सहकारीमा रहेको अर्बौ रकमका धनीहरु पनि यकिन हुन जरुरी रहेको उनले बताए ।
ती अर्बौ रकम सहकारीमा राख्नेहरुले त्यो रकम कहाँबाट ल्याए उनले प्रश्न गरे । साथै, त्यो रकम बैंकमा राख्न किन सकेनन् थप उनले प्रश्न गरे । बैंकमा रकम राख्न जाँदा त्यो सम्पत्तिको स्रोतको प्रमाण नपुग्ने भएर पनि हुन सक्नेमा उनले प्रश्न उठाएका छन् । शाहले धेरै जसो करोडपतिसँग रहेको यस्तो रकम कृषिबाट आएको बताउने गरेता पनि कृतिबाट त्यस खालको आम्दानी नहुने समेत ठोकुवा गरे ।
सहकारी संस्थाबाट सामान्य बचतकर्ता मात्र नभई ठुलो रकम बचत गर्नेहरु पनि ठगिएको कुरा बाहिर आएको छ । कतिपयले स्रोत नखुलेको र गलत तरिकाले आर्जन गरेको रकम सहकारीमा लगेर जम्मा गरेको समेत पाइएको छ । कतिपय ठुला सहकारीमा केही व्यक्तिले ५० करोडसम्म बचत गरेको अध्ययनले देखाएको छ ।
नेपालपत्र संवाददाता