बुधबार, भाद्र ३ गते २०८३

कृष्णनगरमा झाडापखालाको महामारी , २ को मृत्यु ।

आश्विन १९, २०७८ मंगलबार
कृष्णनगरमा झाडापखालाको महामारी , २ को मृत्यु ।
निरहु यादव / कपिलवस्तु कृष्णनगर नगरपालिकामा गएराति देखि झाडापखाला लागेर विरामी बढिरहेका छन् । बहादुरगन्ज आसपासका गाउँहरुमा विरामी बढ्दा शिवराज अस्पतालमा बिरामीको चाप बढेकोछ ।
 
बहादुरगंजमा उपचारका स्रोतसाधन अपुग हुँदा जिल्लाबाट सहयोग लिएको नगरप्रमुख रजत प्रताप शाहले बताएकाछन । अहिले एक सयको हराहारीमा विरामीहरू पुगेका छन साथै निजी क्लिनिकमा पनि बिरामीको चाप बढदै गएको छ भने झाडापखालाले दुई जनाको मृत्यु भइसकेकोछ ।
jhadapakhala.jpg