आइतबार, आश्विन १८ गते २०८३

उपत्यकामा मात्रै बाढी र पहिरोले ३४ जनाको ज्यान लियो, १७ वेपत्ता


आश्विन १२, २०८१ शनिबार
उपत्यकामा मात्रै बाढी र पहिरोले ३४ जनाको ज्यान लियो, १७ वेपत्ता

मुलुकभर लगातार भएको वर्षाले धनजनको ठूलो क्षति गरेको छ । काठमाडौं उपत्यकाभित्र तीन जिल्लामा ३४ जनाको बाढीपहिरोमा परी मृत्यु भएको छ । ललितपुरमा सबैभन्दा धेरै १८ जना, यस्तै काठमाडौं जिल्लामा ११ जना र भक्तपुरमा ५ जनाको मृत्यु भएको काठमाडौं उपत्यका प्रहरी कार्यालयले जानकारी दिएको छ ।

बाढी तथा डुबानमा परेर १७ जना बेपत्ता रहेका छन् । उपत्यकाका तीन जिल्लाबाट जम्मा १ हजार ४ सय १५ जनाको उद्धार गरिएको छ । उपत्यकामा झण्डै २ हजार घरहरु डुबानमा परेको प्रहरीले जनाएको छ। काठमाडौँमा एक हजार तीन सय २४, ललितपुरमा पाँच सय र भक्तपुरमा चार सय १७ गरी उपत्यकामा दुई हजार दुई सय ४१ घर डुबानमा परेका छन् ।