धनगढीको कैलालीमा मुख्य कार्यालय रहेको नवजीवन सहकारी संस्थाले भाद्र महिनाको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । संस्थाले प्रकाशित गरेको वित्तीय विवरण अनुसार शेयर पूँजी ३० करोड ४० लाख, जगेडा कोष ४४ करोड ७६ लाख र बचत ५ अर्ब १ करोड २१ लाख रहेको छ ।
त्यसैगरी संस्थाको अन्य कोषमा ४ करोड ५ लाख ९२ हजार रुपैंयाँ रहेको छ । संस्थाको संस्थागत पूँजी ४७ करोड ९ लाख १६ हजार छ भने कुल सम्पति ६ अर्ब ४५ करोड ३२ लाख ९० हजार पुगेको छ । संस्थामा ३४ हजार ८५२ जना सदस्य रहेका छन् । संस्थामा १ अर्ब ६३ करोड ६ लाख ९६ हजार ६७१ अर्थात ३२.५३ प्रतिशत तरलता रहेको छ । संस्थाले आर्थिक वर्ष ०८१/०८२ को भाद्रमसान्तसम्म ४ अर्ब ११ करोड ८ लाख ऋण लगानीमा गरेको छ ।
संस्थाले ५ हजार ५६ जना सदस्यमा विभिन्न पेशा तथा व्यवसायमा ऋण लगानी गरेको जनाएको छ । संस्थाले सहकारी मूल्य, मान्यता र सिद्धान्तमा रहेर सदस्यहरुको आर्थिक तथा सामाजिक रुपान्तरणमा काम गर्दै आएको छ । संस्थाले सदस्यहरुको आर्थिकस्तर वृद्धि गर्ने क्षेत्रहरुमा ऋण लगानीलाई पहिलो प्राथमिकता दिएको जनाएको छ ।