मस्को । अन्तर्राष्ट्रिय नेपाली कवि सन्तोष कुमार पोखरेललाई सोभियत संघको अन्तर्राष्ट्रिय लेखक संघले हिजाे एक विशेष समारोहका बीच प्रतिष्ठित सम्मान प्रदान गरेको छ। यो कार्यक्रम मस्कोमा आयोजित संघको ९०औं वार्षिकोत्सवको अवसरमा भएको थियो। पोखरेललाई विश्व साहित्यमा, विशेष गरी रूसी साहित्यमा उल्लेखनीय योगदानको कदरस्वरूप संघका अध्यक्ष कोनोप्ल्यान्निकोभ युरी भिक्टोरोभिचद्वारा ९०औं वार्षिकोत्सव पदक प्रदान गरिएको थियो।
समारोहका क्रममा कवि पोखरेलले "रूसको सुन्दरता" शीर्षकको रूसी भाषामा एक अचूक कविता पनि प्रस्तुत गरे। यो कार्यक्रम मस्कोको सेन्ट्रल हाउस अफ राइटर्समा सम्पन्न भएको थियो, जसमा रूसी महासंघका विभिन्न गणराज्यका प्रतिनिधिहरू, साथै नेपाल र लेबननका प्रतिनिधिहरूको उपस्थिति थियो। अन्तर्राष्ट्रिय लेखक संघको स्थापना सन् १९३४ मा म्याक्सिम गोर्कीले गरेका थिए।