शुक्रबार, कार्तिक ७ गते २०८३
रजतवर्ष

सदस्यका लागि काम गरेकाले संस्थाप्रति समुदायको विश्वास बढेको छ


आश्विन २, २०८१ बुधबार
सदस्यका लागि काम गरेकाले संस्थाप्रति समुदायको विश्वास बढेको छ

बालकुमारी बचत तथा ऋण सहकारी संस्था स्थापनाको २५औं वर्षमा प्रवेश गरेको छ । २०५७ साल अशोज २ गते २८ जना सदस्य र ७ लाख पुँजीबाट शुरु भएको सहकारी संस्थाले गत असार मसान्तसम्म १ अर्ब ५८ करोड ७८ लाख बचत संकलन गरी १ अर्ब ३६ करोड ७६ लाख ऋण लगानी गर्न सकेको छ । संस्था स्थापनाकालदेखि नै सदस्य र समुदायकेन्द्रित रहेर समाजको हरेक क्षेत्रमा जोडिएर काम गर्दै आएका कारण भक्तपुर जिल्लाकै एक नमुनायोग्य संस्था बन्न सफल रहेको छ । संस्थाले २५ वर्ष पुगेको अवसरमा साताव्यापी कार्यक्रम गरी सहकारीको महत्वको बारेमा आम जनमानसमा सचेतना जगाएको छ । संस्थाले सदस्यको विश्वास जितेका कारण मुलुकमा आएको आर्थिक मन्दी र सहकारी क्षेत्रमा देखिएको विषम परिस्थितिका वावजुद वित्तीय रुपमा बालकुमारी सुदृढ संस्थाको रुपमा उभ्भिन सफल भएको छ । रजत वर्षमा प्रवेश गरेको अवसरमा संस्थाका अध्यक्ष तुईलाल श्रेष्ठसँग २५ वर्षे इतिहास, सदस्य र समुदायमा पुर्‍याएको योगदानका विषयमा केन्द्रित रहेर गरिएको कुराकानी यहाँ प्रस्तुत गरिएको छ । 

बालकुमारी बचत तथा ऋण सहकारी संस्थाले स्थापनाको २५औं बर्ष मनाइरहेको छ, संस्थाले यस अवधिमा गरेका उपलब्धीहरुलाई कसरी हेर्न सकिन्छ ? 

बालकुमारी सहकारी संस्था २०५७ साल असोज २ गते मध्यपुर थिमि नगरपालिकाको शंखधर चोकमा स्थापना भएको हो । सुरुको दिनमा २८ जना शेयर सदस्य र ७ लाख पुँजीबाट यो संस्था सुरु गरिएको थियो ।  बाहिरबाट आएका केहि मानिसहरुले सहकारी संस्था खोलेर स्थानीयको बचत रकम लिएर भागेपछि हामीले यो संस्था स्थापना गरेका हौं । स्थानीयको पुँजीलाई अन्यत्र जान नदिने र सहकारीको माध्यमबाट पुँजी परिचालन गरी अधिकतम् लाभ दिने उदेश्यले संस्था स्थापना गरेका हौं । सहकारी क्षेत्रमा समस्या भएकै समयमा संस्था स्थापना गरेकाले  समस्यासँग कसरी जुध्ने र संस्थालाई वित्तीय रुपमा कसरी बलियो बनाउने भन्ने विषयमा हामीसँग राम्रो ज्ञान छ । 

आर्थिक, सामाजिक तथा सांस्कृतिक उन्नतिका लागि सहकारीको भावना जागृत गर्ने मुल नारा लिएर संस्था स्थापना भएको र समुदायमा आधारित भएर संस्थाले वित्तीय तथा अन्य क्रियाकलाप सञ्चालन गर्दै आएको छ । संस्थाले स्थापनाकालदेखि नै बचत र ऋणको कारोबारमा मात्रै सीमित छैन । संस्थाले बचत ऋणको कारोबारबाट भएको नाफाको केही प्रतिशत समुदायको हितका लागि पनि खर्चंदै आएको छ । संस्थाले स्थापनाकालिन समयमा नै बालकुमारी बनदेवी मन्दिर परिसरमा भक्तजनहरुलाई घाम पानीबाट बच्न सहज होस् भनेर पाटी निर्माण गरेको थियो । करिब ३० बर्ष अगाडि स्थापना गरेको उक्त पाटीलाई संस्थाले लगानी गरेर पुनःनिर्माण गरेको छ । त्यसैगरी विष्णुदेवी वरिपरीको खुल्ला क्षेत्रमा वृक्षारोपण गरेर हराभरा बनाएका छौं । अरुले आठ पटक वृक्षारोपण गर्दा समेत विरुवा हुर्काउन नसकेपछि हामीले बोटविरुवा रुप्र्यौ । दुई बर्षसम्म संस्थाले तलव सुविधा दिएर रुखविरुवा हुर्काउनको लागि एकजनालाई जिम्मा दियौं ।  अहिले त्यो क्षेत्र हराभरा जङ्गलको रुपमा परिणत भएको छ । यस्ता सामाजिक कार्यले गर्दा यो क्षेत्रमा बालकुमारी सहकारी संस्थाको नाम धेरै अगाडि छ । 

मध्यपुर थिमि सांस्कृतिक नगरी भएकाले यहाँको संस्कृति र भजन मण्डललाई जीवन्त राख्नुपर्छ भनेर हामीले संगीत सामग्री तवला, ढोलक, हारमोनियम प्रदान गरेका छौं । यसले पनि समुदायमा बालकुमारीको सकरात्मक छाप परेको छ । मध्यपुर थिमिबाट ५४ बर्ष अगाडि लोप भएको भैरवको नाच सञ्चालन गर्न  हामीले अक्षकोष खडा गरेका छौं । उक्त कोष यहि संस्थामा रहेको छ । त्यसैगरी रेडक्रसले पहिलोपटक भक्तपुरमा शववाहन ल्यायो र त्यसका लागि पनि संस्थाले अक्षयकोष खडा गरिदिएको छ । २०६८ सालदेखि अहिलेसम्म उक्त शववाहन सेवा निरन्तर सञ्चालन भइराखेको छ । यसरी हामीले काम गरेको हुनाले २०६८ सालमा भक्तपुर जिल्लाको उत्कृष्ट सहकारीको रुपमा भक्तपुर बचत संघले सम्मान गरेको थियो । त्यसैगरी २०७१ सालमा सहकारी बैंकले काठमाडौं उपत्यकाको उत्कृष्ट संस्थाको रुपमा सम्मानित गरेको छ भने जिल्ला बचत संघ भक्तपुरबाट ४ पटकसम्म सहकारी दिवसमा उत्कृष्ट सहभागीको पुरस्कार प्राप्त गरिसकेका छौं । यस अघि हामीले उत्कृष्ट अध्यक्षको पुरस्कार पनि प्राप्त गर्न सफल भएका थियौं । शेयर सदस्यको विश्वास र सञ्चालक समितिले खेलेको अहम् भूमिकाका कारण संस्थाले यो उपलब्धी प्राप्त गर्न सफल भएको हो । 

कोभिड १९ महामारीका बीचमा सरकारले गरेको लकडाउनका कारण व्यापार व्यवसाय गर्न समस्या भएका सदस्यहरुलाई ब्याजमा १ प्रतिशत छुट दिएका थियौं । त्यसैगरी हामीले सदस्यहरुलाई कम ब्याजदरमा ऋण लगानी गर्दै आएका छौं । अहिले ९ प्रतिशतमा नै ऋण लगानी गरिराखेका छौं । सदस्यहरुको आर्थिक उत्थानको लागि ९ देखि ११.५ प्रतिशत व्याजदरमा ऋण दिएका हौं । अन्य संस्थाको तुलनामा सदस्यहरुको बचतमा पनि बढी व्याज प्रदान गरेका छौं । मध्यपुरका चाडपर्व दशैं, विस्का जात्राको बेलामा अग्रिम ब्याज दिएर सदस्यहरुलाई चाडपर्व मनाउन सहज बनाउने गरेका छौं । त्यसैगरी हरेक वर्ष ३÷४ पटक वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्नेगर्छाैं । कर्मचारीहरुलाई समयसापेक्ष तालिम दिएर दक्ष बनाउने काम गरेका छौं । सदस्यहरुको आय आर्जनमा टेवा पु¥याउन उद्यमशीलता तालिम दिने गरेका छौं । सहकारी क्षेत्रमा समस्या देखिएको र केहि सहकारीले सदस्यको बचत लिएर भागेको अवस्था छ । सरकारले बचतकर्ताहरुको रकम छिट्टै फिर्ता हुने बातावरण बनाओस् भन्ने माग हाम्रो छ । जुन सहकारकी संस्थाहरु ऐननियम बाहिर गएर सञ्चालन भएका छन् सदस्यहरुको बचतलाई आफ्नै पैसा ठानी जथाभावी लगानी गरेका छन्, त्यस्ता संस्थालाई राज्यले कारवाही गर्नुपर्छ । नीति, विधि र कार्यविधि बनाई सहकारी ऐन नियम पालन गरेका संस्था सुरक्षित छन् र सदस्यको बचत डुब्दैन । बालकुमारी समुदायमा आधारित संस्था हो । समुदायको पहिलो रोजाई, उत्कृष्ट बालकुमारी भन्ने नारा हामीले तय गरेका छौं । 

संस्थाले २५ औं स्थापना दिवस तथा रजत वर्ष कसरी मनाएको छ ? 

हामीले साताव्यापी कार्यक्रमकाको आयोजना गरी रजत वर्ष तथा २५औं स्थापना दिवस मनाइरहेका छौं । भाद्र २७ गते वित्तीय साक्षरता तथा सदस्य वृद्धि कार्यक्रम गर्यौं । भाद्र २८ गते भक्तपुर जिल्ला स्तरीय चित्रकला प्रतियोगिता, २९ गते रक्तदान, ३० गते बृद्धाश्रममा खाद्य सामग्री वितरण तथा मानवविद्यागृहमा खाजा खुवाउने कार्यक्रम गर्यौं । त्यसैगरी ३१ गते सरसफाई कार्यक्रम ग¥यौं भने अशोज १ गते प्रभातफेरिको आयोजना ग¥यौं । सहकारीका सदस्यलाई लक्षित गरी वित्तीय साक्षरता कार्यक्रम सञ्चालन ग¥यौं । जसबाट सदस्यहरुले सहकारीको महत्वको बारेमा थप बुझ्ने मौका पाए भने ऋण परिचालनका विषयमा पनि प्रशिक्षण दिइएको थियो । 

बालबचतहरुलाई लक्षित गरी भक्कतपुर जिल्लाव्यापी चित्रकला प्रतियोगिता गरिएको र ९१ जनाले सहभागिता जनाएका थिए । जसले गर्दा बालबालिकामा भएको कलाकारिता प्रष्फुटन गर्न मदत पुगेको छ । संस्थाले स्थापनाकालदेखि नै रक्तदान गरेर मानवजीवनका लागि आवश्यक पर्ने रगत उपलब्ध गराउँदै आएको छ । त्यसैगरी हनुमन्तेदेखि दुधपोखरीसम्म सरसफाई र सहकारी प्रभातफेरि कार्यक्रम आयोजना गरेर सहकारीको महत्व झल्काउने कार्य गरेको छ । प्रभातफेरिमार्फत् बालकुमारी सहकारीले समाजमा पु¥याएको योगदानको विषयमा मानिसहरुलाई जानकारी गराइएको छ । त्यसैगरी आज स्मारिका विमोचत र संस्थाका पूर्व सञ्चालक तथा संस्थामा २५ वर्षसम्म कार्यरत कर्मचारीलाई सम्मान गर्दैर्छौं । बालकुमारीले समाजमा पु¥याएको योगदानको बारेमा जानकारी दिँदै सहकारीको महत्वको बारमो आमा समुदायलाई बुझाउनु नै हाम्रो उद्देश्य हो । संस्थाले २५ वर्ष पुगेको उपलक्ष्यमा चाँदीको सिक्का निकालेको छ । त्यसको पनि बिमोचन हुन्छ । 

२५ वर्ष अघि र २५ वर्षपछि संस्थामा आवद्ध सदस्यहरुको आर्थिक सामाजिक रुपान्तरणमा के कस्ता परिवर्तनहरु देख्न सकिन्छ ?

सहकारीले सदस्यहरुको आर्थिक सामाजिक रुपान्तरणमा महत्वपूर्ण भूमिका खेलेको छ । संस्थाकै कारण सदस्यहरुको आर्थिक परिवर्तनमा ठूलो योगदान पुगेको छ । संस्थामा सदस्य बनेर बचत गरी पुँजी निर्माण गर्नुका साथै ऋण सुविधा लिएर सदस्यहरुले व्यापार व्यवसायमार्फत् आर्थिकस्तर सुधार गर्न सफल भएका छन् । २०५७ सालमा २५ हजार, ५० हजार हुँदै ५ लाखसम्म ऋण लिएर औषधी व्यवसाय गरेका सदस्यले अहिलेसम्म आइपुग्दा चारपाँच ठाउँमा औषधी पसल खोलिसकेको बताएका छन् । संस्थाबाट ऋण लिएर व्यवसाय गर्नुका साथै राम्रै आम्दानी समेत गरेका ती सदस्य बताउँछन् । त्यसैगरी अर्का सदस्यले संस्थाबाट ऋण लिएर दुई छोरी र एक छोरालाइ डाक्टर पढाएका छन् । अहिले उनका छोरा बेलायतमा रहेका छन् । दूई छोरीलाई संस्थाबाटै ऋण लिएर नर्स र इञ्जिनियर पढाएको र अहिले उनीहरु क्यानडा र अष्ट्रेलियामा रहेका छन् । संस्थामा आवद्ध थुप्रै सदस्यहरुको व्यापारव्यवसायदेखि शैक्षिक सफलतामा ठूलो प्रभाव परेको छ । संस्थाले आफ्नो कार्यक्षेत्र भित्रका सदस्यहरुलाई राम्रो सेवा दिन सकेको छ । सदस्य र संस्थाबीचको सहकार्यले दुवै पक्षको हित भएको छ। 

संस्थाले उद्यमशीलताको तालिम दिने गरेको छ, यसको प्रभाव कस्तो देख्न सकिन्छ ? 

हामीले सदस्यहरुमा उद्यमशीलता विकास गर्नुपर्छ भनेर समयसमयमा फरक विधाका तालिमहरु दिँदै आएका छौं । तालिम लिएका सबै सदस्यले व्यवसाय गरेको भने देखिएन । कृषि, पशुपालन र कुखुरापालनमा सदस्यले काम गरेका छन् । कपडाको फुल बनाउने, धुप बनाउने, मैनबत्ती, मिठाई र आलु चिप्स बनाउने जस्ता तालिम दिएका छौं । 

उद्यमशीलता विकास गर्न जुन उद्देश्यका साथ तालिम दिए पनि सीमित सदस्यले मात्र तालिम पछि काम गरेको देखिन्छ । कतिपय सदस्यले तालिमपछि ऋण लिएर व्यवसाय गर्दै आएका छन् । तालिम लिएका सदस्यहरुमध्ये ४० प्रतिशत सदस्यले उद्यमव्यवसाय गर्दै आएको हाम्रो आँकडा छ । 

पछिल्लो समयमा संस्थामा तरलता बढेर गएको देखियो तर त्यहि अनुपातमा ऋण लगानी भने बढेन नि ? 

जुन मात्रामा बचत बढेर गएको छ, त्यो अनुपातमा ऋण लगानी हुन सकेको छैन । सदस्यको विश्वास संस्थाप्रति बढेकाले बचत वृद्धि भएको हो । मुलुकमा आएको आर्थिक मन्दीका कारण सदस्यहरुले ऋण लिएर व्यापार व्यवसाय बढाउन चाहेका छैनन् । तर पनि हेरक महिना ३ देखि ४ करोड रुपैयाँ ऋण लगानी हुँदै आएको छ । अर्कोतर्फ सहकारी ऐनले सदस्यका बनेको ३ महिना पछि मात्र ऋण लिन पाउने व्यवस्था गरेको छ भने ऋणको पनि सिमा तोकिदिएको छ । जसले गर्दा पनि ऋण लगानीमा कमी भएको हो । त्यसैगरी, सहकारी क्षेत्रमा देखिएको समस्यालाई मध्यनजर गरेर सुरक्षित ऋण लगानीलाई पहिलो प्राथमिकता दिएका छौं । सदस्यहरुको ऋण तिर्न सक्ने क्षमता, परियोजना र धितोलाई मुल्यांकन गरेर ऋण दिने गरेका छौं । त्यसका साथै ऋण दिँदा सदस्यको चरित्रलाई पनि अध्ययन गरिन्छ । सबै क्राइटेरिया पुरा गरेका सदस्यलाई मात्र ऋण दिइने भएकाले पनि बचतको तुलनामा ऋण लागनी बढ्न सकेको छैन । 

सीमित व्यक्तिलाई ठूलो ऋण दिनुभन्दा धेरै सदस्यलाई स–सानो ऋण दिँदा संस्था र सदस्य दुवैलाई फाइदा हुन्छ, हैन ? 

मध्यपुर थिमि आसपासमा धेरै सहकारी संस्था रहेका छन् । जसले गर्दा ऋण लगानी त्यति सहज छैन । हामीले १ जना सदस्यलाई शेयरपुँजीको १० प्रतिशत अर्थात १ करोड ८० लाखसम्म ऋण दिन्छौं । एउटै व्यक्तिलाई धेरै ठूलो ऋण दिनुभन्दा धेरै सदस्यलाई थोरैथोरै ऋण दिने हाम्रो नीति हो । त्यसै अनुसार हामीले लगानी गर्दै आएका छौं । संस्थामा तरलता बढिरहेको र बैंक तथा वित्तीय संस्थामा न्यून ब्याजदर भएकाले ९ देखि ११ प्रतिशत ब्याजदरमा ऋण लगानी गरेका छौं । यसले सदस्य र संस्था दुवैलाई फाइदा पुगेको छ । संस्थाले कृषि, हायरपर्चेज, व्यापारिक, शैक्षिक, घरनिर्माण र व्यापार व्यवसायमा लगानी गर्दै आएको छ । 
आर्थिक मन्दीका कारण सहकारी संस्थाहरुको भाखा नाघेको ऋण बढेर गएको देखिन्छ । बालकुमारीको हकमा के छ ? 
संस्था स्थापना भएदेखि अहिलेसम्म हामीले सदस्यको धितो लिलाम गर्नुपर्ने अवस्था आएको छैन । गत आर्थिक वर्षको असार मसान्तसम्म ४.४५ प्रतिशत भाखा नाघेको ऋण रहेको छ । आर्थिक मन्दीका कारण व्यापार व्यवसायमा सुस्तता आउँदा ऋण असुलीमा केहि समस्या आएको छ । तर पनि सदस्यहरुले आफ्नो आयश्रोत अनुसारको ऋणको साँवाब्याज बुझाउँदै आएका छन् । 

संस्था दिगो बनाउन बचत र ऋण लागानीसँगै संस्थागत पुँजी पनि बलियो बनाउनुपर्ने रहेछ । बालकुमारीले संस्थागत पुँजीलाई कत्तिको प्राथमिकता दिएको छ ? 

हामीले पहिले देखिनै संस्थागत पुँजीलाई जोड दिएका छौं । आथिर्क वर्ष २०८०÷८१ को असार मसान्तसम्म संस्थाको शेयरपुँजी १३ करोड ७० लाख रहेको छ भने अहिलेसम्म आइपुगदा शेयरपुँजी १४ करोड पुगेको छ । संस्थाको जगेडा कोषमा ८ करोड ४९ लाख ८८ हजार रकम रहेको छ । यस अवधिमा कोषमा समेत वृद्धि भएर ९ करोड पुगेको छ । सहकारी ऐनमा व्यवस्था भएका कोषहरुमा हामीले हरेक वर्ष बाँडफाँट गर्दै आएका छौं र ऐनले व्यवस्था गरे अनुसार कोषमा रकम पुगेको छैन र पु¥याउन पहल भइरहेको छ । संस्थाको शेयरपुँजी र कोष बढाउँदै जाने हाम्रो लक्ष्य छ । संस्थाले आफ्नै नाममा ९ आना जग्गा खरिद गरेको छ भने आफ्नै भवनबाट वित्तीय कारोबार सञ्चालन गर्दै आएको छ । 

सहकारीहरुले शिक्षा कोषमा छुट्याएको रकम पनि खर्च नगरी जगेडा कोषमा लैजाने गरेको पाइयो नि ? बालकुमारीले के गर्ने गरेको छ ? 

हामीले शिक्षा कोषमा छुट्याएको पैसाबाट सदस्यहरुलाई वित्तीय साक्षरता तालिम दिन्छौं । हामीले हरेक वर्ष तीनचार वटा यस्ता कक्षा सञ्चालन गर्ने गर्छौं र रजतजयन्ती वर्षको अवसरमा पनि वित्तीय शिक्षा कार्यक्रम आयोजना गरेका थियौं । त्यसमा पनि २०० जना सदस्यको सहभागिता थियो । शिक्षा तथा स्वास्थ्य उपसमितिमार्फत् पनि हामीले शैक्षिक कार्यक्रम गर्दै आएका छौं । संस्थाले भक्तपुरका दुईवटा सामुदायिक विद्यालयमा अध्ययनरत ७ जना विद्यार्थीलाई बालकुमारी छात्रवृत्ति हरेक वर्ष दिँदै आएको छ । विद्यार्थीहरुले विद्यायलमा तिनुपर्ने सम्पूर्ण रकम हामीले भुक्तानी गर्छौं । त्यसैगरी उत्कृष्ट अंक ल्याई एसइइ उत्तीर्ण हुने शेयरसदस्यका छोराछोरीलाई नगदसहित सम्मान गर्ने गरेका छौं । समुदायमा शिक्षा क्षेत्रको विकासको लागि काम गर्ने संघसंस्था र व्यक्तिलाई पनि संस्थाले सकेको सहयोग गर्दै आएको छ । 

२०५७ सालदेखि नै सहकारी भागेको कुरा तपाईंले बतााउनुभयो । त्यो समस्या आज झन् बढेर गएको छ । समाधान हुने कुनै आधारहरु देखिँदैन नि ? 

२०५७ सालमा बाहिरका मानिसहरु आएर सहकारी खोली यहाँका जनताको २५÷३० लाख रुपैया लिएर भागेको अवस्था थियो । अहिले त सहकारीमार्फत करोडौं अपचलन भएको छ । सहकारीलाई व्यवस्थित गर्न ऐन, कानुन भएपनि त्यसको कार्यान्वयनमा प्रभावकारिता देखिएन । कुनै संस्था समस्यामा पर्न लागेको जानकारी पाएलगत्तै नियामक निकायले निगरानी बढाएर जनताको बचत सुरक्षित गर्नुपर्ने हुन्छ । समस्यामा पर्न लागेका संस्थालाई तत्काल कानुनी दायरामा ल्याउन सके सदस्यको यति ठूलो मात्रामा बचत डुब्ने थिएन । अहिले केहि सहकारी संस्थाका सञ्चालकले गरेको बदमासीका कारण हामीलाई पनि सहकारीकर्मी हौं भन्न गाह«ो भएको छ । जुन सहकारीले सदस्यको बचत अपचलन गरेका छन् ती संस्थाहरुलाई कानुनी प्रक्रिया अगाडि बढाएर सदस्यको बचत फिर्ता गर्न सरकार लाग्नु पर्छ । सदस्यको बचत डुबाउने संस्थाका सञ्चालक र व्यवस्थापनको सम्पत्तिबाट असुलउपर गर्न सके समाजमा राम्रो सन्देश जान्छ । 

संघीयतापछि ३ तहबाट सहकारीको अनुगमन हुने गरेको छ । एउटा सरकारले अर्को सरकारलाई देखाएर समस्याबाट भाग्ने प्रवृत्ति पनि बढेको देखिन्छ नि? यसमा तपाईंको धारणा के छ ? 

संघीयतापछि कार्यक्षेत्रको आधारमा ३ तहको सरकारले सहकारीको नियमन तथा प्रवद्र्धन गर्ने गरेको छ । ३ वटै सरकारको अधिकार छुट्टाछुट्टै भएकाले समन्वय गरेर जाँदा समस्या समाधान गर्न सजिलो हुन्छ । हाम्रो माग भनेको सहकारीमा डुबेको सदस्यको बचत फिर्ता गर्न सरकार लाग्नुपर्छ । अबका दिनमा सहकारीमा समस्या आउन नदिन नियामक बढी सजग हुनुपर्छ । 

समाजको आर्थिक सामाजिक उन्नतिका लागि कस्तो संस्था आवश्यक पर्छ ? 

पहिलो, सहकारी क्षेत्रमा लागेका व्यक्तिहरुमा इमानदारिता चाहिन्छ । दोश्रो, संस्थाले आर्थिक पारदर्शिता कायम गर्नुपर्छ । तेश्रो, सहकारी संस्थाले गलत क्षेत्रमा लगानी गर्नुहुँदैन । जथाभावी भन्दा पनि सदस्यको आवश्यकताका आधारमा लगानी गर्नुपर्छ । संस्थाले प्रतिफल दिने र लगानी नडुब्ने क्षेत्र हेरेर मात्रै लगानी गर्दा संस्था सुरक्षित हुन्छ । लगानीबाट प्रतिफल आयो भने मात्रै सदस्यलाई पनि प्रतिफल दिन सकिन्छ । सहकारी ऐन नियमको पालन गर्दै सिद्धान्तमा रहेर संस्था सञ्चालन गरे समाज र समुदायलाई टेवा पुग्छ । 

अन्त्यमा, म सहकारी क्षेत्रमा जोडिएको झण्डै २५ वर्ष पुगेको छ । यसबीचमा हामीले सहकारी संस्थालाई नियमकानुन र आन्तरिक कार्यविधि बनाएर सञ्चालन गरिरहेका छौं ।संस्थाले सदस्यकेन्द्रीत भएर वित्तीय कारोबार गर्नुका साथै सहकारी ऐनकानुन पालनामा पनि कटिवद्ध छ । नियामक निकायको निर्देशनलाई पालना गर्दै सदस्यहितको हित लागि हामीले कार्य गरेका छौं । सदस्यले जम्मा गरेको बचतलाई सुरक्षित रुपमा परिचालन गरी सदस्यको हितका लागि हामीले काम गरेका छौं । मुलुकमा खुलेका सहकारी संस्थाहरुले पनि सदस्यलाई नै प्राथमिकतामा राखेर उनीहको जीवनस्तर बदल्नका लागि काम गर्न सके सहकारीको महत्व अझ बढेर जान्छ ।