नब निर्बाचित राष्ट्रिय क्रान्तिकारी मोर्चा, नेपालको कार्य सम्पादन समितिको पहिलो बैठक आज २०८१ भाद्र २७ गते काठमाण्डौमा बस्यो । मोर्चाका संयोजक क. लोकनारायण सुबेदीको अध्यक्षतामा बसेको बैठकमा कार्य सम्पादन समितिका सदस्य कमरेडहरु सन्तबहादुर नेपाली, पुष्पकर गौतम, लक्ष्मण उप्रेती र शैलज पौडलको उपस्थिति रहेको थियो । बैठकले गत भाद्र १९ सम्पन्न राष्ट्रिय भेलाका निर्णयहरु र निष्कर्शहरूलाई कार्यान्वय गर्ने सम्बन्धमा बिभिन्न निर्णयहरु लिएको छ ।
त्यस अनुसार भेलामा प्रस्तुत समीक्षा प्रतिबेदनका बिषयमा आएका सुझावाहरु र कार्यबिधि परिमार्जनका बिषयमा आएका सुझावहरुका बारेमा छलफल गरी उपयुक्त किसिमले तिनलाई समावेश गर्ने जिम्मेवारी क. सन्तबहादुर नेपाली र क. पुष्पकर गौतमलाई बैठकले दिएको छ ।
त्यसैगरी बैठकले मोर्चा गठन भएका प्रदेशहरुमा तिनलाई गतिशील तुल्याउन सहजकर्ता तोकेको छ भने मोर्चा गठन नभएका प्रदेशहरुमा पनि गठन गर्ने जिम्मेवारी पनि दिएको छ । तदनुसार सुदर पश्चिम र कर्णाली प्रदेशमा मोर्चा गठन गर्ने जिम्मेवारी क. सन्तबहादुर नेपाली, लुम्बिनी र गण्डकी प्रदेशको जिम्मेवारी क.शैलज पौडेल र बागमति प्रदेशको जिम्मेवारी क. लक्ष्मण उप्रेति, मधेशप्रदेशको जिम्मेवारी क. लोकनारायण सुबेदी र कोशी प्रदेशको जिम्मेवारी क. पुष्कर गौतमलाई दिएको छ ।
बैठकले आगामी असोज ५ गते मोर्चाका सबै घटकको पूर्ण बैठक बोलाउने र असोज १२ गते जनतामाथि सहकारी ठगी, लगुबित्त र मिटर ब्याजे शोषणका बिरुद्ध अन्तरक्रियात्मक कार्यक्रम गर्ने समेत निर्णय लिएको छ ।