शनिबार, कार्तिक ८ गते २०८३

जिल्ला सहकारी संघ काभ्रेको अध्यक्षमा अमन पोटे श्रेष्ठ निर्वाचित, पाए १९० मत


भाद्र २७, २०८१ बिहीबार
जिल्ला सहकारी संघ काभ्रेको अध्यक्षमा अमन पोटे श्रेष्ठ निर्वाचित, पाए १९० मत

 

काभ्रे । जिल्ला सहकारी संघ, काभ्रेको ४३औं साधारण सभाले अमन पोटे श्रेष्ठको अध्यक्षतामा नयाँ सञ्चालक समिति निर्वाचित गरेको छ। संघको अध्यक्ष पदका लागि  अमन पोटे श्रेष्ठ र राजन शाक्यबीच प्रतिस्पर्धा भएकाे थियाे । निर्वाचनमा श्रेष्ठले १९० मत पाए भने शाक्यले १४९ मत पाएका थिए ।

श्रेष्ठ बनेपा बचत तथा ऋण सहकारी संस्था  र शाक्य मोडेल बचत तथा ऋण सहकारी संस्था बाट प्रतिनिधित्व गरेका थिए । श्रेष्ठ नेपाली कांग्रेस निकट र शाक्य एमाले निकट सहकारीकर्मी हुन् ।

त्यस्तै महिला उपाध्यक्षमा मिरा सत्याल विजयी भएकी छिन् । उनले १७२ मत प्राप्त गरिन् । त्यस्तै उपाध्यक्षमा शान्ति लामा तामाङले १७० मत, सचिवमा प्रकाश बञ्जाराले १८६ मत, कोषाध्यक्षमा अर्जुनप्रसाद सापकोटाले १७६ मत ल्याउर विजयी भएका छन् । त्यसैगरी संघको संचालक सदस्यहरुमा अम्बिका तिमल्सिनाले १७५, जगन्नाथ श्रेष्ठले १६४, पूर्णसागर रञ्जितले १८०, मोहनकुमार श्रेष्ठले १६१ र रोशनकुमार श्रेष्ठले १६० मत ल्याएर निर्वाचित भएका छन् ।

त्यसैगरी महिला सदस्यमा देवकी तिमल्सिना दाहाल निर्विरोध निर्वाचित भएकी छन् भने लेखा समिति संयोजकमा डिल्लीप्रसाद आचार्य तथा सदस्यमा पवनराज कर्णजित निर्वाचित भएका छन् ।