आइतबार, आश्विन १८ गते २०८३

आइएमई पे बाट सामसुङको  मोबाईलमा  ‘बाइ नाउ पे लेटर ’ सुविधा

भाद्र २६, २०८१ बुधबार
आइएमई पे बाट सामसुङको  मोबाईलमा  ‘बाइ नाउ पे लेटर ’ सुविधा


नेपालको पहिलो डिजिटल वालेट आइएमई पे मार्फत सामसुङका सबै प्रकारका मोबाईल फोन अव ‘बाइ नाउ पे लेटर ’ फिचर मार्फत  खरिद गर्न सकिने सुबिधा सार्वजनिक  गरिएको छ । हुलास फिन सर्भसँगको सहकार्यमा ल्याइएको यस अफर अन्तर्गत आइएमई पे का प्रयोगकर्ताहरूले ४० प्रतिशत डाउन पेमेन्ट गरि  सामसुङको जुनसुकै प्रकारका  मोबाईल फोन  शुन्य प्रतिशत इन्ट्रेश इ.एम. आइमा  खरिद गर्न सक्नेछन्।

 
हालको लागि  काठमाडौं, ललितपुर र भक्तपुर गरि उपत्यकाका तीनवटा जिल्लाहरुमा मात्रै लागु गरिएको यो सुविधाको फाईदा उठाउन सेवाग्राहीहरुले आइएमई पे एपमा रहेको ‘बाइ नाउ पे लेटर’  अप्सनमा गइ सोधिएको विवरण भरेर आफुले चाहेको मोबाईल फोन छनौट गरि  ४० प्रतिशत डाउन पेमेन्ट गर्नुपर्ने हुन्छ  । यस पश्चातको सम्पूर्ण प्रक्रियाको जानकारी एप मार्फत प्राप्त गर्न सकिन्छ । डाउन पेमेन्ट पछिको इ.एम. आइ भुक्तानी सेवाग्राहीहरुले आफ्नो आइएमई पे वालेटबाट गर्न सक्नेछन्।  

 
परम्परागत वित्तिय सेवालाई डिजिटलाईज गर्दै आइएमई पेले विभिन्न भुक्तानी सेवाहरुलाई आफ्नो एपमा अद्यावधिक गर्दै सेवाग्राहीहरुलाई थप सुबिधा प्रदान गर्दै  आएको छ। आइएमई पे आफ्ना प्रयोगकर्ताहरूलाई वालेटमा ब्याज , भर्चुअल भिसा कार्ड ,आप्रवासीहरूका लागि ऋण जस्ता नवीन वित्तीय सेवाहरू प्रदान गर्न अग्रगामी रहेको छ। ‘बाइ नाउ पे लेटर’ लगायत प्रिमियम निओ बैंकिङको सुविधासँगै, कम्पनीले वित्तीय सुबिधाहरू  सबैका लागि पहुँचयोग्य बनाउने आफ्नो उदेश्य रहेको बताएको छ ।

 

  • सम्बन्धित विषय:

  • # नेपालपत्र संवाददाता