शुक्रबार, कार्तिक ७ गते २०८३

कोरोना बीमा रकम भुक्तानी माग गर्दै सर्वोच्चमा रिट दायर


भाद्र २३, २०८१ आइतबार
कोरोना बीमा रकम भुक्तानी माग गर्दै सर्वोच्चमा रिट दायर

नेपाल बीमक संघले कोरोना बीमा रकम भुक्तानी  माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । लामो समय वित्दा समेत कोरोना बीमाको रकम नपाएपछि संघले सर्वोच्चमा रिट दायर गरेको हो । संघले सरकारले तिर्नुपर्ने रकम तत्काल निकासा गर्न माग गर्दै  आज  रिट दायर गरेको हो ।

सरकारले यसअघि बीमक संघसँग गरेको सहमतिअनुसार कोरोना बीमा रकम भुक्तानी नगरेको भन्दै संघले सो रकम भुक्तानी गराइ पाउँ भन्दै अन्तरिम आदेश माग गरेको छ । बीमा कम्पनीहरुले कोरोना बीमाको करिब ११ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी छ । सरकारसँग भएको सम्झौता र कोरोना बीमा मापदण्ड अनुसार उक्त दायित्व सरकारले ब्यहोर्नुपर्ने भए पनि भुक्तानी नभएको भन्दै सरकारविरुद्ध रिट दायर गरिएको संघले जनाएको छ । 

कोरोना  बेला साढे तीन अर्ब भन्दा बढी दायित्व सृजना भएमा सरकारले ब्यहोर्ने प्रतिवद्धता गरेपछि बीमा कम्पनीहरुले कोरोना बीमा पोलिसी बेच्न सुरु गरेका थिए । तर, लामो समयदेखि सरकारले व्यहोर्नुपर्ने कोरोना बीमाको दायित्व नपाएपछि बीमा कम्पनीहरु सर्वोच्च अदालत गएका हुन् । उक्त रिटमाथि सर्वोच्च अदालतले सोमबार बिहान १० बजे पेशी तोकेको छ । यसका साथै दुवै पक्षलाई भोली अदालतमा उपस्थित हुन भनिएको छ ।