हिन्दीका प्रख्यात कथाकार प्रेमचन्द, कवि जयशंकर प्रसाद, जानकीबल्लभ शास्त्री, रामधारी दिनकर आदिले समेत बारम्बार सराहना गरेका लेखक हुन्– जीएस् अर्थात गोपालसिंह नेपाली । उनले नेपाली, अँग्रेजी, हिन्दी, भोजपुरी भाषामा लेखे । १९४४ देखि करिब २ दशकसम्म उनले हिन्दी फिल्मका लागि गीतहरू लेखे ।
उनी पत्रकार र सम्पादक पनि थिए, ४ वटा पत्रिका, ‘रतलम टाइम्स’, ‘चित्रपट’, ‘सुधा’ र ‘योगी’ का । काठमाडौँकी ‘मखन मैयाँ’ लाई बिहा गरे । नेवार समुदायका बारेमा पनि उनले पुस्तक लेखे– "The Newars: An Ethno-Sociological Study of a Himalayan Community" (1965) । भारत–चीन युद्धका बेला यिनले देशभक्तिका गीत पनि लेखे, जसलाई ‘सावन’, ‘कल्पना’ आदिमा । तैपनि नेपाल–भारत दुवैतर्फ धेरै स्रष्टाका लागि अपरिचित र गुमनामझैँ रहे– गोपालसिंह नेपाली”।
हिन्दीका ठूला कवि र साहित्यकार जानकीबल्लभ शास्त्री भन्छन्, “मिल्टन, सेली र किट्स (अँग्रेजीका प्रख्यात कवित्रय) का संगम हुन् गोपालसिंह नेपाली” । उनका छोरा नकुलसिंह नेपालीले हिन्दी फिल्म ‘स्लमडग मिलियनर’ मा एउटा गीत (भजन) ‘दर्शन दो घनश्याम.....’लाई फिल्मले कवि सुरदासले लेखेको भन्ने दाबीलाई सच्याई आफ्ना पिताले सो भजन लेखेको भन्ने न्याय पाउन मुम्बई उच्च अदालतमा मुद्दा हालेका थिए ।
नेपालीको जन्ममा ११ अंकको निकै संयोग छन् । हेरौँ– जन्म सन् १९०२, अगस्त ११ राती ११ बजे, कृष्णाष्टमीको दिन, बिहार (भारत) को बेतियामा । उनको मृत्यु पनि १९६३ अप्रिल ११ बजे नै भएको थियो तर दिनमा ।” तर उनको निधनको दिन कसैले १७ तारिख हो भनी बताएका छन् ।
-----------------------
(कान्तिपुर ‘कोशेली’ : शनिबार १६ भाद्र ०७५ मा ध्रुबचन्द्र गौतमसँग आफ्नो टिपोटको मिश्रण)
चन्द्रमणि गाैतम