शनिबार, आश्विन १७ गते २०८३

प्रधानमन्त्रीद्वारा राष्ट्रिय महिला भलिबल खेलाडीहरू पुरस्कृत


भाद्र १३, २०८१ बिहीबार
प्रधानमन्त्रीद्वारा राष्ट्रिय महिला भलिबल खेलाडीहरू पुरस्कृत

*सीताराम थापा
(विशेष प्रतिनिधि)

नेपालकाे प्रधानमन्त्री केपी शर्मा ओलीले ‘काभा वुमन्स भलिबल नेसन्स लिग, २०२४’ प्रतियोगितामा रजत पदक जितेका राष्ट्रिय महिला भलिबल  खेलाडीलाई आज एक समाराेह बिच पुरस्कार  र सम्मान पत्र बितरण गरेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले  नेपाली भलिबलका कप्तान  अरुणा शाही, सरस्वति चाैधरी, प्रगतिनाथ, उषा भण्डारी, निरुता ठगुन्ना, सुमित्रा रेग्मी, साेफिया पुन,कबिता भट्ट, पुनम चन्द, आरति सुबेदी, संगम महताे, सलिना श्रेष्ठ, शान्तिकला तामाङ, र कामना बिष्ट सहित १४ खेलाडीलाई जनही ३ लाख रुपैयाकाे दरले पुरस्कार बितरण गरेकाे हाे।

All khelaidkies.jpeg
पुरस्कार प्राप्त गर्नेमा मुख्य प्रशिक्षक जगदीश प्रसाद भट्टलाई २ लाख, सहायक प्रशिक्षक भरत यादव, व्यवस्थापक निलमसिंह बज्राचार्य
यस बर्षकाे साउन १७ देखि २३ गते सम्म नेपालकाे राजधानि  काठमाडौंमा भएको "काभा  भलिबल नेसन्स लिग" मा नेपालि महिला टिमले उत्कृष्ट प्रदर्शन गरि दाेश्राे हुन सफल भएकाे थियाे।

खेल सम्पन्न लगत्तै नेपाल भलिबल संघ तथा काेचकाे प्रतिबेदनकाे आधारमा नेपाल खेलकुद परिषदले निर्णय गरि सिफारीस गरे पछि नेपालकाे मन्त्रिपरिषदको गत साउन ३१ गतेको निर्णयबाट काभामा सहभागी खेलाडी र प्रशिक्ष लगायतलाई गरी कुल ४७ लाख ६० हजार पुरस्कार रकम पुरस्कृत गर्ने निर्णय गरेको थियो । 
उक्त निर्णय लाई समयमै प्रधानमन्त्री ओली र खेलकुद मन्त्री चाैधरीकाे समेत पहलमा समयमै कार्यान्वयन गरेर देखाएकाे छन्। 

याे भन्दा अगाडि प्रधानमन्त्री ओलीले  यही भदौ २ गते काभा नेसन्स लिगमा सहभागी खेलाडी र प्रशिक्षक जगदिश भट्ट, नेपाल भलिबल संघकाे अध्यक्ष जितेन्द्र चन्द  लगायत सँग भलिबल खेलको जानकारी लेनदेन गर्दै भलिबल खेलका विकासका बारे प्रधानमन्त्री निवासमा छलफल गरेका थिए। उनले भलिबल खेल्नका लागि हैन जित्नकाे लागि खेल्ने र यसमा आफुले समयमै सम्बाेधन गर्ने बताएका थिए।


प्रधानमन्त्री ओलीले महिला भलिबल खेलाडीले हाल सम्म पाएको सफलताप्रति खुसी व्यक्त गर्दै आगामी दिनमा अझ नेपालिकाे शिर उचाे हुने गरी नयाँ कीर्तिमान कायम गर्ने गरी तयारी रहन र मिहिनेत गर्न आग्रह  गरे । उनले थपे "हाम्रा खेलाडी छोरीहरूलाई थप सफलता र प्रगतिका लागि उत्साह मिलेको छ भन्ने मैले विश्वास लिएको छु,-प्रधानमन्त्री ओलीले भने, ‘यो पुरस्कारमा थप सफलताको शुभकामना जोडिएको छ।

puraskar2.jpeg

खेलाडीलाई निरन्तर अभ्यास र प्रेरणाको वातावरण तथा खेल्ने कभर्डहल लगायत पूर्वाधारका लागि सरकारले सक्दो प्रयत्न गर्नेछ । तपाईंहरू जहाँ जाँदा पनि जित्छौँ भन्ने उच्च मनोबलका साथ अन्तिम समयसम्म लाग्नुस् ।" प्रमकाे चाहाना बताउदै र सिकाउदै खेलेपछि सहज जित्ने गरि खेल खेल्न सक्ने खेलाडी तयार हुन आग्रह गरे। उनले थपे सुबिधा कम भएपनि महिला भलिबल खेलाडीहरुले दिलाएकाे सफलताकाे लागि बधाइ ज्ञापन गरे।

pursakra5.jpeg
प्रम ओलीले दक्षीण एसिया र याे भन्दा माथिल्लाे स्तरमा छिटाे पुग्नकाे लागि भलिबलमा सुबिधा थप गर्नु पर्ने, भाैतिक पुर्वाधार निर्माणमा जाेड दिनुपर्ने, बतर्मान अवस्थामा अर्थतन्त्र कमजाेर रहेपनि आफु जानकार रहेकाे र भलिबल खेलकाे बिकासकाे लागि अधिकतम प्रयास गरिरहने बताए।

उनले यस बर्षकाे दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको राम्रो तयारी गर्न खेलकुद मन्त्रि, खेलकुद परिषद लगायत सम्बन्धित निकायलाई आग्रह गरे। दशरथ रंगशालालाई स्तरीय खेल मात्र खेलाउन ध्यानाकर्षण गराए ।
राष्ट्रिय खेलकुद परिषदका सदस्य-सचिब टंकलाल घिसिङले पुरस्कारकाे नियम रहेपनि यति छिटाे पुरस्कार बितरण गर्न अग्रसर लियकाेमा प्रम ओली र युवा तथा देलकुद मन्त्री तेजुलाल चाैधरीलाई धन्यबाद दिए।pursakra5.jpeg
पुरस्कार प्राप्ति पछि नेपाली भलिबलका कप्तान अरुणा शाहिले याे सम्मान समयमै उपलब्ध गरेकाेमा नेपाल सरकार लाई धन्याद दिदै यस पुरस्कृतले थप जिम्मेवारी बढाएकाे र अझै, उत्कृष्ट भलिबल खेल खेलेर नेपाल लाई चिनाउन लागि पर्ने बताइन्। 

pursakra5.jpeg

राष्ट्रिय खेलकुद नियमावली २०७९ अनुसार भलिबल राष्ट्रिय महिला टाेलि लाई समयमै पुरस्कृत र सम्मानित भएकाे हाे।
कार्यक्रममा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, राष्ट्रिय खेलकुद परिषदका टंकदाल घिसिङ , खेल पदाधिकारीहरु, प्रशिक्षक र व्यवस्थापकको उपस्थिति थियो ।

Thumbnail for MAW agreement.jpg
यसपटककाे भलिबल लिगकाे इतिहासमा ५ देश मध्ये भारत लाई नेपालले जितेकाे थियाे। तर फाईनलमा भने ३-२ सेटमा नेपाल दाेश्राे भएकाे हाे। 

महिला खेलाडीहरुकाे हाैसला र सहयाेगकाे लागि नेपाल भलिबल संघले पनि पुरस्कार र प्रमाणपत्रले सम्मान गरिसकेकाे छ। नेपाल भलिबल संघ र यस्काे अध्यक्ष जितेन्द्र चन्द भलिबल बिकासमा निकै सकृय र सफल छन्।

All khelaidkies.jpeg

- थापा विशेष संबाददाता एवं सामाजिक अभियान्ता हुन्।

  • सम्बन्धित विषय:

  • # सीताराम थापा