शनिबार, कार्तिक ८ गते २०८३

श्वेतपत्र जारी गर्न सहकारी संघसंस्थालाई विभागको निर्देशन, यस्तो छ नमूना श्वेतपत्र


भाद्र १२, २०८१ बुधबार
श्वेतपत्र जारी गर्न सहकारी संघसंस्थालाई विभागको निर्देशन, यस्तो छ नमूना श्वेतपत्र

 

सहकारी विभागले सबै सहकारी संघसंस्थाहरुलाई श्वेतपत्र जारी गर्न निर्देशन दिएको छ । सबै सहकारी सघसंस्थाहरुले अनिवार्य रुपमा विभागले उपलब्ध गराएको ढाँचा बमोजिम श्वेतपत्र तयार गरी आफ्ना सबै सदस्यहरु समक्ष सहज रुपमा पहुँच पुग्ने गरी उपयुक्त माध्यमवाट सार्वजनिक गर्न भनेको हो । 

सहकारी क्षेत्रमा देखा परेको समस्या समाधान गर्न गठित ‘सहकारी क्षेत्र सुधार सुझाव कार्यदल–२०८०’ ले दिएको सुझाव दिएको र विगत वर्षदेखि नै सहकारी संघसंस्थाहरुले श्वेत पत्र जारी गर्ने गरेको विभागले जनाएको छ । श्वेतपत्रले सदस्यहरुको विश्वास र पारदर्शिताको माध्यमवाट मात्र सहकारी संस्थाको प्रभावकारीता र दिगोपना कायम रहने तथा नियामक निकायले माग गरेको बखत उपलब्ध हुने गरी व्यवस्था गर्न गराउन सहकारी नियमावली, २०७५ को नियम ७६–१झ  बमोजिम विभागले निर्देशन जारी गरेको जनाएकाे छ। 

नमूना श्वेतपत्रका लागि यहाँ  क्लिक गर्नुहोस्