शुक्रबार, कार्तिक ७ गते २०८३

गोवध गर्नेलाई मेरो राज्यमा अपराधी मानिने छ, माफी मिल्नेछैन.......बादशाह अकबर


भाद्र १२, २०८१ बुधबार
गोवध गर्नेलाई मेरो राज्यमा अपराधी मानिने छ, माफी मिल्नेछैन.......बादशाह अकबर

गाव को हलाकत करनेवाले को मेरी सल्तनत में मुज्रिम माना जाएगा खताबख्शी नहीं मिलेगी - बादशाह अकबर

तेस्रो मुगल बादशाह अकबर (१५४२-१६०५) को पूरा नाम अब्दुल-फताह जलाल-ऊद्-दिन मुहम्मद अकबर थियो । बादशाह हुमायुँका उत्तराधिकारी छोरा अकबर १४ वर्षकै उमेरमा गद्दी आरोहण गरेको हुँदा उनलाई बैराम खाँ नामक मुगल खानदानका शासकीय अनुभवी व्यक्तिबाट नायबी (Regency) मिलेको थियो ।
यिनका पालामा दक्षिण भारतको गोदावरी नदीभन्दा उत्तर सारा भारतीय उपमहाद्वीपमा राज्यको विस्तार ३ गुणाले बढ्यो भने अर्थतन्त्र पनि त्यही अनुपातमा विस्तार र विकसित भयो।
उनको पालामा मुस्लिम र गैरमुस्लिम जनताबीच अत्यन्त सुमधुर सन्तुलन र सद्भाव कायम गरिएको थियो । हिन्दू धर्मावलम्बीहरूको सांस्कृतिक र धार्मिक संवेदनशीलतालाई यथेष्ट प्राथमिकता दिइएको थियो । त्यही सन्तुलनको रूपमा अकबरले दिएको उपरोक्त हुकुम मैले गोरखपुरबाट प्रकाशित हिन्दी धार्मिक म्यागजिन 'कल्याण' को एक अंकमा कुनै धर्मगुरूको आलेखमा पढेको थिएँ ।
सुर्खेतमा केही वर्षअघि गाईहरूको संहार भएको हृदयविदारक सन्दर्भमा अकबरको यो हुकुम मननीय भएथ्यो । अकबरले आफ्नो साम्राज्यमा गोवध निषेध गरेका थिए । उनको शासनकालमा हिन्दू बजीर (मन्त्री) बीरबल अकबरका निकै प्रिय र प्रभावशाली थिए, जो १५६९ देखि १५८५ सम्म कार्यरत थिए ।
अकबरको पालामा साहित्य, संगीत, कला, नाटक, पुस्तक तयारीको धेरै विकास भयो । उनले २४ हजार पुस्तकहरू भएको भब्य पुस्तकालय नै स्थापना गरे । त्यसमा संस्कृत, ऊर्दू, फारसी, कश्मीरी, ग्रीक, ल्याटिन, अरबी भाषाका पुस्तकहरू राखिएका थिए । पुस्तक बाईन्डिङ र सजावटको विकासमा पनि उनले धेरै विकास गराए ।
६२ वर्षको उमेरमा आग्राको फतेहपुर सीकरीमा अकबरको निधन भयो । आऊँबाट शुरु भएको उनको ज्यान लिने बिमार अन्य बिमारमा पुग्यो । उनका उत्तराधिकारी जहाँगीर (१५६९-१६२७) थिए ।
No photo description available.