शुक्रबार, कार्तिक ७ गते २०८३

सहकारी बैंकले विभिन्न स्थानका ३८ कित्ता जग्गा बेच्दै


भाद्र ६, २०८१ बिहीबार
सहकारी बैंकले विभिन्न स्थानका ३८ कित्ता जग्गा बेच्दै

राष्ट्रिय सहकारी बैंकले देशभर विभिन्न स्थानमा रहेका सम्पत्ति बिक्री गर्ने भएको छ । बैंकले आफ्नो नाममा रहेको विभिन्न ठाउँको गैर बैंकिङ सम्पत्ति बिक्रीमा गर्न लागेको हो । 

बैंकले भाद्र ६ गते एक सूचना जारी गर्दै विभिन्न मुलुकभर विभिन्न स्थानका  ३८ कित्ता घडेरी बिक्रीमा राखेको हो। बैंकले काभ्रे, झापा, मकवानपुर, नुवाकोट, धनुषा, धादिङ, सुनसरी, महोत्तरीका विभिन्न ठाउँमा रहेको जग्गा किन्न इच्छुकहरूलाइ ७ दिन भित्र गोप्य सिलबन्दी दर्ता गराउनु पर्नेछ । 

इच्छुक खरिदकर्ताले बनेपा, धनकुटा, बिर्तामोड, दमक, हेटौंडा, सूर्यविनायक, नुवाकोट, जनकपुर, चपुर, केन्द्रीय कार्यालय, भरतपुर, धरान, जनकपर शाखा कार्यालयमा सम्पर्क गर्न सक्नेछन् ।